काठमाडौं- प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ० दशमलव ६३ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।