बुधबार, मंसिर २० गते २०८०    

दुई दशकदेखि बन्द रहेको नेकोन एयरमा कुन बैंकको कति ऋण?

सञ्चालकलाई ऋण तिर्न ऋण असुली न्यायाधिकरणको अन्तिम ताकेता

images
images
दुई दशकदेखि बन्द रहेको नेकोन एयरमा कुन बैंकको कति ऋण?

कालोसूचीमा राख्दै प्राधिकरणले नेकोन एयरका सञ्चालकहरू तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा प्राधिकरणले राखेको हो। 

काठमाडौं- सञ्चालनमा नरहेको नेकोन एयरका सञ्चालकको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाको बक्यौता ऋण भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरि अल्टिमेटम दिइएको छ। 

images
images
images

ऋण असुली न्यायधिकरणले नेकोन एयरका सञ्चालक तथा ऋणमा जमानी बसेका सञ्चालकहरूको नाममा सात दिने म्याद सूचना जारी गरेको छ। न्यायाधिकरणले ठहर गरेको रकमसहित सम्पर्कमा आउन अल्टिमेटम दिएको छ। 

images

न्यायधिकरणले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड र हालको कुमारी बैंकको १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ ऋण र २०६६ सालदेखिको १५.१७ का दरले ब्याज भुक्तानी गर्न नेकोनका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठका नाममा सात दिने म्याद सूचना जारी गरेको छ। 

images

त्यस्तै एसबीआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ  र त्यसको १४ प्रतिशतले हुन आउने ब्याजसहित सात दिनभित्र बुझाउन राजभण्डारीको नाममा सूचना तामेल गरिएको छ। 

images

राजभण्डारीकै नाममा राष्ट्रिय बाणिज्य बैंकको ९६ लाख ६३ हजार २९३ रुपैयाँ बक्यौता ऋण तिर्न सूचना जारी गरिएको छ। राजभण्डारी र श्रेष्ठको नाममा नबिल बैंकको ४ करोड ४८ लाख ८९ हजार ३५५ रुपैयाँ ऋण र ब्याजसहित सम्पर्कमा आउन सूचना जारी गरिएको छ। 

तत्कालीन इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक र हालको एनआईसी एसिया बैंकको ७७ लाख ३७ हजार ५३७ ऋण बाँकी रहेको छ। यो ऋण तिर्नका लागि सम्पर्कमा आउन दुबै सञ्चालकलाई सात दिने सूचना जारी गरिएको छ। 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पौने ५ करोड नर्तिने नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिसकेको छ। 

प्राधिकरणले नेकोन एयरलाई एयरलाइन्सको ब्यापारमा नै प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखिसकेको छ। 

कालोसूचीमा राख्दै प्राधिकरणले नेकोन एयरका सञ्चालकहरू तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा प्राधिकरणले राखेको हो। 


प्रकाशित : बिहीबार , असार २८ २०८००४:२२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ