शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मनसुनको समयमा यी तीन कामका लागि हेलिकप्टर उडानमा प्रतिबन्ध

बुधबार, असार २७ २०८०
मनसुनको समयमा यी तीन कामका लागि हेलिकप्टर उडानमा प्रतिबन्ध

धेरै पानी परेका बेला उडान जोखिम हुने भन्दै प्रधिकरणले ३ प्रकारका उडानमा प्रतिबन्ध लगाएको हो। 

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनसुनको समयमा विभिन्न तीन प्रकारका कामका लागि हेलिकप्टर उडान गर्न प्रतिबन्ध लगाएको छ।

धेरै पानी परेका बेला उडानमा जोखिम हुने भन्दै प्रधिकरणले तीन प्रकारका उडानमा प्रतिबन्ध लगाएको हो। जसमा पुष्पवृष्टि गर्न गरिने उडान, माउन्टेन फ्लाइट र सामान झुन्ड्याएर गरिने उडानमा प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको हो। 

यस्ता उडानमा दुर्घटनाको जोखिम बढेपछि प्राधिकरणले यस्तो निर्णय गरेको छ। प्राधिकरणले बुधबार यस्तो निर्णय गरेर हेलिकप्टर कम्पनीहरुलाई सर्कुलर गरिसकेको जनाएको छ। 


प्रकाशित : बुधबार, असार २७ २०८०१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend