मंगलबार, वैशाख २५ गते २०८१    
images
images

भन्सार आइपुग्यो सिट्रोनको विद्युतीय कार ई सीथ्री, अर्को साताबाट उपभोक्ताले पाउने

images
images
images
भन्सार आइपुग्यो सिट्रोनको विद्युतीय कार ई सीथ्री, अर्को साताबाट उपभोक्ताले पाउने

मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ईसी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ। 

images
images

काठमाडौं- सिट्रोनको नयाँ विद्युतीय कार भन्सार आइपुगेको छ। सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नयाँ विद्युतीय कार नेपाल भित्र्याएको हो। 

images
images
images

भन्सार आइपुगेको ई सीथ्री आगामी सातादेखि उपभोक्ताका लागि हस्तान्तरण गर्ने तयारीसहित काम भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले सिट्रोन ई सीथ्रीको मूल्य ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ। ई सीथ्री दुई वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछन्। 

images

फ्रेन्च डीएनएको सिट्रोन ई सीथ्री एक अत्याधुनिक विद्युतीय गाडी हो। यसले परिवर्तनलाई अँगाल्दै अटोमोबाइल क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ। इकोफ्रेन्डली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसी थ्री बजारमा गेम चेन्जरका रूपमा स्थापित हुने दाबी गरेको छ। 

images
ec3 citron1.jpeg

२९.२ किलोवाट आवर ब्याट्री भएको ई सीथ्रीले ५७ हर्सपावर पावर र १ सय ४३ एनएम टर्क दिन्छ। विद्युतीय पावरट्रेनले ईसी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र राम्रो ड्राइभिङ अनुभव प्रदान गर्दछ। साथै डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ।

images
images

मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ईसी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ। 

ec3 citron.jpeg

विद्युतीय कार भएकाले ई सीथ्रीले वातावरणीय स्वच्छतामा पनि योगदान र्पुयाउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको  लागि ई सीथ्री एउटा उपयुक्त रोजाइ बन्ने दाबी कम्पनीले गरेको छ। 

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ईसी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन्। लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ लाख र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ लाख रुपैयाँ तोकिएको छ। 

भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्यको भएको दाबी कम्पनीले गरेको छ। यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउँछ। 

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई सीथ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर(असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ। 

ec3 citron3.jpeg

कम मूल्यमा धेरै विशेषतासहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई सीथ्री उपयुक्त हुने दाबी कम्पनीस्को छ। यसको दमदार पर्फमेन्स, स्टाइलिस डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ।  

अहिलेसम्म १ सयभन्दा बढीे सिट्रोन ई सीथ्री बुकिङ भइसकेको कम्पनिले दाबी गरेको छ। ई सीथ्री भन्सार आइपुगेकाले आगामी साताबाट यसको डेलिभरी सुरु हुने कम्पनीको भनाइ छ। 

images

प्रकाशित : बुधबार, असार २७ २०८०१२:३१

प्रतिक्रिया दिनुहोस