शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नाडा अटो शो २०२३ को लागि बुकिङ खुला 

images
बुधबार, असार २७ २०८०
images
नाडा अटो शो २०२३ को लागि बुकिङ खुला 

झण्डै चार वर्षपछि हुन लागेको यस वृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षासमेत नाडाले राखेको छ। 

images
images

काठमाडौं- नेपालको सबैभन्दा ठूलो र भव्य नाडा अटो शो २०२३ यही भदौ २६ गतेदेखि ३१ गतेसम्म प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुने भएको छ। यसै क्रममा नाडाले सो प्रदर्शनीका लागि बुकिङसमेत खुला गरेको छ। 

images
images
images

नाडाले इच्छुक सवारी बिक्रेताहरुलाई प्रदर्शनीमा सहभागि हुनका लागि स्टल बुकिङ खुला गरेको हो। नाडाले गत महिना आफ्ना सदस्यहरुलाई प्रदर्शनीमा सहभागि हुने बारे सर्भे गराएको थियो। 

images
images

नाडाको आयोजनामा हरेक वर्षको दशै अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना हुन सकेन। नाडा अटो शो २०२२ पनि सरकारले केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना हुने सकेको थिएन। यस्तो विपरित स्थितिमा नाडाले आफनो इतिहासमा पहिलो पटक गत वर्ष भृकुटीमण्डपमै नाडा ईभी एक्सपो २०२२ गरेको थियो। 

images
images

आउदो नाडा अटो शो २०२३ मा विद्युतीयलगायतका चार पांगे्र, तीन पांग्रे तथा दुई पांगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरट्युव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुसमेत राखिने छन्।

त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने छ। झण्डै चार वर्षपछि हुन लागेको यस वृहत प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षासमेत नाडाले राखेको छ। 

कोभिडको दीर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकुल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसामा हाल आएको सुधार सकारात्मक भएको नाडाको भनाइ छ।

सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत वर्षहरुमा सम्पन्न प्रदर्शनीहरु भन्दा थप वृहत र भव्य हुने अपेक्षासमेत राखिएको छ। त्यसैगरी यस प्रदर्शनीमा नेपालभरीका अटोमोबाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा समेत नाडाले राखेको छ। 


प्रकाशित : बुधबार, असार २७ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend