काठमाडौं- मेगा बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १२.०७ प्रतिशत सेयर बोनस दिने भएको छ।
बैंक सञ्चालक समितिको ३ सय ४२ औं बैठकले यस्तो निर्णय गरेको हो।
बैंकले १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९ सय ५७ रुपैयाँको को १२.०७ प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो। बैंक सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट पनि स्वीकृत हुन बाँकी छ।