मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एकसातामै १ खर्ब १६ अर्ब थपिँदा वित्तीय प्रणालीमा निक्षेप ५७ खर्ब कट्यो, साउनदेखि ब्याजदर घटाउनै पर्ने दबाबमा बैंक

मंगलबार, असार २६ २०८०
एकसातामै १ खर्ब १६ अर्ब थपिँदा वित्तीय प्रणालीमा निक्षेप ५७ खर्ब कट्यो, साउनदेखि ब्याजदर घटाउनै पर्ने दबाबमा बैंक

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ  पुगेको छ। गत १८ गते ५६ खर्ब पुगेको निक्षेप ८ दिनमै १ खर्ब १६ अर्ब रूपैयाँ थपिएको हो। गत १८ गतेसम्म ५५ खर्ब ९९ अर्ब रहेकाे निक्षेप बढेर ५७ खर्ब १५ अर्ब पुगेकाे हाे।

पछिल्लो समय निरन्तर बढ्न थालेसँगै बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप पुगेको हो। यता ऋण लगानी ४८ खर्ब ६१ अर्ब पुगेको छ। ८ दिनमा ऋण प्रवाह भने २ अर्बमात्रै भएको छ। सरकारी खर्च बढ्दै गएपछि वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको हो। निक्षेपको ट्रेण्डले साउनदेखि सबै प्रकारका ब्याज घटाउनै पर्ने दबाबमा वित्तीय क्षेत्र देखिएका छन्।

चालु पुँजीकर्जासम्बन्धी मार्गदर्शन २०७९ कार्यान्वयनमा आएपछि ऋण तिर्न नै ऋण लिने परिपाटी अन्त्य भएसँगै निक्षेप थुप्रिएको अनुमान गरिएको छ। 

कर्जाको माग कम भइ निक्षेप बढ्दै जाँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८२.०३ प्रतिशतमा आइपुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा ८ प्रतिशत ऋण दिन सक्ने क्षमता देखिन्छ। अन्तरबैंक ब्याजदर १.३६ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा बैंकवित्तहरू कर्जा असुलीमा सक्रिय छन्। असार मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रियता बढाउँदा निक्षेप थुप्रिएको हो। 

चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलनमा व्यापक सुधार हुँदा कर्जा परिचालनमा भने सुस्तता देखिएको छ।


प्रकाशित : मंगलबार, असार २६ २०८००५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend