शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

किन बढिरहेको छ जिराको मूल्य? प्रतिकिलो ५ सय रूपैयाँबाट बढेर १२ सयसम्म पुग्यो

images
मंगलबार, असार २६ २०८०
images
किन बढिरहेको छ जिराको मूल्य? प्रतिकिलो ५ सय रूपैयाँबाट बढेर १२ सयसम्म पुग्यो

पछिल्लो समय चीनमा भारतीय जिराको अस्भाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढदा नेपालमा समेत त्यसको असर परेको छ।

images
images

काठमाडौं- निरन्तर बढिरहेको जिराको मूल्य अहिले थोकमा नै प्रतिकिलो ११ सय रूपैयाँदेखि ११ सय ५० सम्म र खुद्रा बजारमा प्रतिकिलो १२ सय रूपैयाँसम्म पुगेको छ। जिराको मूल्य अझै बढ्ने व्यवसायीहरूले बताइरहेका छन्।

images
images
images

विगत ४-५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन। तर यसपटक गएको दसैँ तिहारपछिदेखि विस्तारै जिराको मूल्य बढ्न थालेको हो। खुद्रा बजारमा त जिरा प्रतिकिलो १२ सय रूपैयाँसम्म पुगेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठ बताउँछन्।  

images
images

जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ। विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ। जिराको आयात कम हुनुको कारणमा मूल्य बढेसँग माग घट्नु पनि हो।

images
images

पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै छ। जिराको माग कोरानाको समयपछि झन बढेको छ। त्यसमा विशेषगरी जिरा पानी खाने प्रचलन बढेको मानिएको छ। तर अहिले भने मूल्य बढ्दा केही माग घटेको छ। 

अहिले जिरा हालेर बनाइने परिकारको मागसमेत बढेको छ। तरकारी पकाउँदा जिराको धुलो तथा गेडा दुवैथरी प्रयोग हुने गरेको पाइन्छ। पहिले जिरा कम र अन्य मसला बढी प्रयोग हुने गरेपनि अहिले जिराकै प्रयोग घरघरमा बढेको छ।

नेपालमा खपत हुने जिरामध्ये केहीमात्र नेपालमा उत्पादन हुन्छ। जिराको उत्पादन पनि नेपालमा जीवननिर्वाहमुखी नै रहेको देखिन्छ। व्यावसायिक रुपमा जिरा खेती भएको छैन। सहरी क्षेत्रमा हुने मागको ९० प्रतिशतभन्दा बढी जिरा विदेशबाट नै आयात हुन्छ। त्यसमा पनि धेरैजसो भारतबाट नै आयात भइरहेको छ। 

पछिल्लो एकवर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। जसका कारण पनि बजारमा जिराको अभावको स्थिति छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन्।

पछिल्लो समय चीनमा भारतीय जिराको अस्भाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढदा नेपालमा समेत त्यसको असर परेको छ।

यसैगरी भन्सार विभागको निर्देशनमा जिराको बजार मूल्यअनुसार भन्सार मूल्यांकन हुँदासमेत जिराको मूल्य थप बढेको व्यवसायीहरू बताउँछन्।

यस्तो छ जिरा आयातको तथ्यांक

नेपालले चालु आवको ११ महिनामा ५४ लाख ७ हजार ४ सय ९८ केजी जिरा तथा जिराको धुलो आयात गरेको छ। नेपालले १ अर्ब ७४ करोड ४२ लाख ७२ हजार रूपैयाँ बराबरको जिरा आयात गरेको हो।

जिरा आयातबाट सरकारले  ३२ करोड १४ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।  चालु आवमा नेपालले आयात गरेको जिरामध्ये सबैभन्दा बढी भारतबाट नै आएको छ। भारतबाट मात्रै ५३ लाख ५३ हजार ४ सय ६१ केजी जिरा आयात भएको छ। भारतबाहेक टर्की तथा बेल्जियमबाट केही परिमाणमा जिरा आयात भएको छ। 

नेपालले गत आर्थिक वर्ष ०७८/०७९ मा ८४ लाख ६२ हजार ७ सय १७ केजी जिरा आयात गरेको थियो। जसको मूल्य २ अर्ब ७ करोड ८० लाख ५१ हजार रूपैयाँ रहेको थियो। गत आवमा जिरा आयातबाट सरकारले ३८ करोड ५६ लाख १८ हजार रूपैयाँ बराबरा राजस्व संकलन गरेको थियो।

२०७७/०७८ मा २ अर्ब ४५ करोड ८९ लाख रूपैयाँ बराबरको १ करोड १ लाख ७८ हजार ४ सय २९ केजी  जिरा आयात भएको थियो भने ४५ करोड ४९ लाख ७९ हजार राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

भन्सार विभागकै तथ्यांकअनुसार ०७६/०७७ मा  २ अर्ब २६ करोड ६८ लाख रूपैयाँ बराबरको ८७ लाख ८६ हजार ४ सय ६३ केजी र २०७५/०७६ मा १ अर्ब ८९ करोड ६१ लाख रूपैयाँ बराबरको ७३ लाख ९२ हजार ७१ केजी जिरा आयात भएको थियो।

यसैगरी २०७४/०७५ मा १ अर्ब ४६ करोड १३ लाख रूपैयाँ बरारबको ६४ लाख ४६ हजार ८ सय ६२ केजी र २०७३/०७४ मा १ अर्ब २३ करोड ९१ लाख रूपैयाँ बराबरको ६२ लाख ४६ हजार १ सय ८५ केजी जिरा आयात भएको थियो।


प्रकाशित : मंगलबार, असार २६ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend