काठमाडौ- गत सोमबार सकारात्मक सर्किट लागेको आईसीएफसी फाइनान्सको सेयरमूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ।
मंगलबार आईसीएफसीको मूल्य १०६.३० बिन्दुले घटेको छ। सोमबार प्रतिकित्ता ९७ ले वृद्धि भई अन्तिम मूल्य १ हजार ६३ कायम भएकोमा मंगलबार प्रतिकित्ता १०६ दशमलव ३० ले घटेर अन्तिम मूल्य ९५६ दशमलव ७० मा झरेको हो।
यस दिन बिक्रेताको चाप बढी हुँदा कम्पनीको मूल्यमा असर परेको हो। १ लाख लाख ३४ हजार कित्ता सेयर बिक्री आदेश रहेको थियो भने बिक्री कर्ता देखिएका थिएनन्। यसमा १२ करोड ९७ लाख १७ हजार ७ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ।