आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

माउन्ट कैलाश रिसोर्टहित पोखराका तीन होटलमा क्यासिनो सञ्चालनमा आउँदै

images
images
images
माउन्ट कैलाश रिसोर्टहित पोखराका तीन होटलमा क्यासिनो सञ्चालनमा आउँदै

चालु आर्थिक वर्ष २०७९/०८० को साढे असार २४ गतेसम्ममा विभिन्न होटलमा क्यासिनो सञ्चालनका लागि ९ वटा कम्पनी दर्ता भएका छन्। जसमा पहिलो पटक चिनियाँ पर्यटक लक्षित चिनियाँ सीमानजिक रहेको सिन्धुपाल्चोक र पोखरामा ३ वटा होटलमा  समते क्यासिनो सञ्चालन हुने भएको छ। 

images
images

काठमाडौं- पोखरामा सञ्चालित माउन्ट कैलाश रिसोर्टमा समेत क्यासिनो सञ्चालन हुने भएको छ। चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन हुन लागेको हो।

images
images
images

रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ। अब पर्यटन विभागले क्यासिनो सञ्चालनका लागि अध्ययन गरी पर्यटन मन्त्रालयमा सिफारिस गर्ने छ। पर्यटन मन्त्रालयबाट अनुमति पाएसँगै क्यासिनो सञ्चालन हुनेछ।

images

२१ करोड रूपैयाँको लगानीको रिसोर्टमा क्यासिनो सञ्चालनका लागि कम्पनीले पर्यटन विभागबाट सिफारिस लिँदै उद्योग विभागमा दर्ता भएको हो। कम्पनीलाई क्यासिनो सञ्चालनका लागि रिसोर्टले अनुमति दिनुपर्छ। रिसोर्टको अनुमतिपछि मात्रै उद्योगमा दर्ता हुन्छ। सतप्रतिशत नै नेपाली लगानी रहने क्यासिनोमा २ सय ५० जनाले रोजगारी पाउने छन्।

images

क्यासिनोले वार्षिक ९० हजार विदेशीलाई क्यासिनो खेल खेलाउने लक्ष्य लिएको छ। क्यासिनो नेपालमा विदेशी नागरिकलाई मात्रै खुल्ला छ।

images
images

पोखरामा भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय क्यासिनो सञ्चालनका लागि अनुमति लिने कम्पनी ३ वटा भइसकेको छ। माउन्ट कैलाश पोखराको लेक साइटमा रहेको छ। माउन्ट कैलाशमा ५१ वटा रुप रहेको छ। रिसोर्ट २००९ सालदेखि सञ्चालनमा रहेको छ। 

पोखराका ३ होटलमा पनि क्यासिनो

पोखराको फूलबारी रिसोर्ट बन्द भएसँगै क्यासिनो पनि बन्द भएको थियो। तर चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पोखरामा ३ वटा होटलमा क्यासिनो सञ्चालन हुनेगरि क्यासिनो कम्पनी दर्ता भएको छ। फूलबारी क्यासिनो सञ्चालनका लागि पाँचतारे होटलसँग क्यासिनो कम्पानीले सम्झौता गर्नुपर्छ। मिनी क्यासिनो (आधुनिक उपकरण तथा मेसिनको माध्यमबाट खेलाइने) को लागि चारतारे होटलसँग क्यासिनो कम्पनीले सम्झौता गर्नुपर्छ।

पोखरामा क्यासिनो सञ्चालन गर्नेगरि भेन्टनम इन्टरनेशनले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ। पोखरा महानगरपालिकाको ६ नम्बर वडामा रहेको हेरिटेज होटल एण्ड स्पामा सञ्चालन हुनेगरि भेन्टनम क्यासिनो दर्ता भएको छ भने पोखरा महानगरपालिका वडा नम्बर ६ कै  होटल सरोवर प्रालिमा क्यासिनो सञ्चालन हुने गरी प्लेजर नेपाल प्रालि दर्ता भएको छ।

फूलबारी होटलबन्द भएसँगै पर्यटकीय नगरी पोखरामा सुविधासम्पन्न होटलको संख्या उल्लेख्य भए पनि क्यासिनो सञ्चालनमा थिएनन्। २ क्यासिनो सञ्चालनमा आएसँगै पोखरामा पनि अब क्यासिनो सुविधा थपिने भएको छ। कुनै समय काठमाडौं मात्र केन्द्रित क्यासिनो पछिल्लो समय सीमा नाका केन्द्रित भएको थियो। भारतीय सीमासँग जोडिएका सहरमा खुलेको होटलमा क्यासिनो सञ्चालन तीव्र बनेको थियो।

विशेषगरी भैरहवा र नेपालगञ्जमा क्यासिनोकै लागि स्तरीय होटल खुल्ने क्रम बढिरहेको छ। होटलभन्दा पनि भारतीय पर्यटक क्यासिनोका लागि आउने भएकाले सीमा क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ। भारतीय पर्यटकको रोजाइमा पर्दै आए पनि पोखरामा क्यासिनो थिएनन्। पोखरामा तारे होटलको संख्या बढ्दै गए पनि व्यवसायीले क्यासिनो खोल्ने आँट गरेका थिएनन्।

हेरिटेज र सरोवर होटलमा सञ्चालन हुने यो क्यासिनोले पोखरामा क्यासिनोको भविष्य तय गर्ने व्यवसायीले बताएका छन्। विशेषगरी भैरहवासम्म पुग्ने भारतीय पर्यटकलाई पोखरासम्म तान्नका लागि क्यासिनो उपयुक्त हुने उनीहरुको विश्वास छ।

भैरहवामा क्यासिनोका लागि मात्र भारतीय आएपनि पोखरासम्म पुगेपछि उनीहरु बाँकी समय घुमफिर पनि गर्ने भएकाले थप पर्यटकीय गतिविधि बढ्नेमा उनीहरु आशावादी छन्। २ वटै क्यासिनोमा २० करोड रूपैयाँ लगानी हुने भएको छ।
यसैगरी पछिल्लो पटक माउन्ट कैलाशमा क्यासिनो सञ्चालनका लागि  ताज इन्टरटेनमेन्ट प्रालिदर्ता भएको हो।

चालु आवमा नै थपिए ९ क्यासिनो

चालु आर्थिक वर्ष २०७९/०८० को साढे असार २४ गतेसम्ममा विभिन्न होटलमा क्यासिनो सञ्चालनका लागि ९ वटा कम्पनी दर्ता भएका छन्। जसमा पहिलो पटक चिनियाँ पर्यटक लक्षित चिनियाँ सीमानजिक रहेको सिन्धुपाल्चोक र पोखरामा ३ वटा होटलमा  समते क्यासिनो सञ्चालन हुने भएको छ। 

सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा क्यासिनो सञ्चालनका लागि नयाँ कम्पनी उद्योग विभागमा दर्ता भएको छ। भोटेकोही हेली रिसोर्ट (भोटेकोशी होटल) मा वेल्लीज रिक्रियशन प्रालि नामबाट क्यासिनो सञ्चालन हुन लागेको हो। होटलमा क्यासिनो सञ्चालनको तयारी भएको सञ्चालन छिरिङ शेर्पाले बताए। क्यासिनोमा १८ करोडको लगानी रहेको छ।

केही समय अगाडि मात्रै  काठमाडौंको बानेश्वरमा रहेको होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडमा पनि क्यासिनो सञ्चालन गर्ने गरी पर्यटन विभागको स्वीकृतिमा उद्योग विभागमा क्यासिनो उद्योग दर्ता थियो। पछिल्लो सयम क्यासिनो सञ्चालनका लागि आकर्षण बढेको छ। शतप्रतिशत नेपाली लगानीसहित एभरेष्ट होटलमा क्यासिनो सञ्चालनका लागि गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको थियो। 

तारे होटल क्यासिनो सञ्चालनका लागि होटलको सहमतिमा क्यासिनो कम्पनी दर्ता हुने प्रक्रिया रहेको छ। सोहीअनुसार एभरेष्ट होटलको सहमतिमा गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। प्रालिको चुक्ता पुँजी २५ करोड रूपैयाँ रहेको छ।

यसैगरी कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा पनि क्यासिनो सञ्चालनका लागि ग्रिन ज्याकपटो इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। यो कम्पनीले २० करोड रूपैयाँको लगानी प्रतिवद्धता गरेको छ। यो आधुनिक मेसिन तथा उपकरणबाट सञ्चालन हुने मिनि क्यासिनो हो।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा क्यासिनो सञ्चालन गर्ने गरी किङसवरी इन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। तर उद्योग विभागको दर्ता विवरणमा होटलको विवरण खुलाइएको छैन्। क्यासिनो कम्पनीमा २५ करोड रूपैयाँको लगानी प्रतिवद्धता रहेको छ।

यसैगरी मोरङको रत्ना होटल प्रालिमा क्यासिनो सञ्चालन गर्ने गरी रत्ना सर्भिसेज प्रालि दर्ता भएको छ। क्यासिनो कम्पनीमा २० करोडको लगानी प्रतिबद्धता रहेको छ।

साथै सिटी होटल लिमिटेड (हायात प्यालेस) मा समेत क्यासिनो सञ्चालनका लागि कम्पनी दर्ता भएको छ। होटलमा र्‍यांक इन्टरटेनमेन्ट सर्भिसेस प्रालिको नाममा क्यासिनो सञ्चालन हुनेछ। क्यासिनोमा ९० प्रतिशत विदेशी तथा १० प्रतिशत स्वदेशी लगानी रहने छ। क्यासिनोमा ३ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

images

प्रकाशित : सोमबार, असार २५ २०८००९:५७

प्रतिक्रिया दिनुहोस