मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगातार ७ महिनादेखि एक खर्बमाथि रेमिट्यान्स, कुन महिना कति आयो?

सोमबार, असार २५ २०८०
लगातार ७ महिनादेखि एक खर्बमाथि रेमिट्यान्स, कुन महिना कति आयो?

गत आवमा पनि ६ लाखभन्दा बढी रोजगारीका लागि विदेश गएका थिए। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स रकम पनि बढ्दो छ।

काठमाडौं- गत आर्थिक वर्ष रेमिट्यान्समा खासै सुधार नहुँदा दबाबमा परेको अर्थतन्त्रलाई यो वर्षको सुरूदेखि नै रेमिट्यान्सले साथ दिएको छ। पछिल्लो ७ महिनादेखि एक खर्बमाथिको रेमिट्यान्स भित्रिएको छ।

वैदेशिक रोजगारीका जानेको संख्या बढेसँगै रेमिट्यान्स रकम पनि बढ्दो। चालु आर्थिक वर्षमा अहिले सम्मकै बढी युवा वैदेशिक रोजगारीका लागि विदेश जाँदै छन्। गत आवमा पनि ६ लाखभन्दा बढी रोजगारीका लागि विदेश गएका थिए। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स रकम पनि बढ्दो छ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि भएको सुधारले अहिलेसम्म निरन्तरता पाएको छ। कोरोना महामारीको समयमा विदेश जाने नेपालीको संख्यामा कमी आउँदा गत वर्ष प्रभावित भएको रेमिट्यान्स यो वर्ष भने लयमा देखिएको हो। राष्ट्र बैंकका अनुसार चालु वर्षको ११ महिनामा ११  खर्ब १२ अर्ब  रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

remtance.jpg

अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्सको वृद्धिदर नेपाली रुपैयाँमा उच्च देखिएको छ। पछिल्लो समय कामका लागि विदेश जाने नेपालीहरूको संख्यामा वृद्धि भएको तथा अमेरिकी डलर बलियो हुँदा नेपाल आउने रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ। यही वृद्धिदर कायम भए बाह्य क्षेत्रलाई सन्तुलनमा राख्न सहज हुनेछ। 

पछिल्ला ७ महिनामा भने मासिक १ खर्बबढी रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर, पुष, माघ,फागुन र चैत, बैशाख र जेठमा खर्बमाथि भित्रिएको छ। साउनदेखि असोजसम्म ९० देखि ९७ अर्बको बीचमा रहेको मासिक आप्रवाह मंसिरदेखि भने खर्बमाथिको आँकडा निरन्तर रहेको छ। मंसिरदेखि भने खर्ब माथि रेमिटयान्स भित्रिएको छ।


प्रकाशित : सोमबार, असार २५ २०८००७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend