सोमबार, वैशाख २४ गते २०८१    
images
images
बतास एमएडब्लू कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला

नयाँ साझेदारीको लक्ष्य नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधान

images
images
images
नयाँ साझेदारीको लक्ष्य नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधान

बतास एमएडब्लू कमर्सियल भेहिकल्सका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई समूहबीचको साझेदारी नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधानहरुमा लक्षित हुने बताए।

images
images

काठमाडौं- नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल्स प्रालिले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ। 

images
images
images

आइसर कमर्सियल भेहिकलमा बतास अर्गनाइसजेन र एमएडब्लू ग्रुपले साझेदारी गरेपछि आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रमको मुख्य उद्देश्य आइसर ब्रान्डलाई आजको दिनसम्म आइपुग्न महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता व्यक्त गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपककुमार अग्रवालले बताए।  

images

‘नेपालको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा कमर्सियल भेहिकलको भूमिका महत्वपूर्ण हुन्छ। यो क्षेत्रको विकास तथा विस्तारमा बैंक तथा निर्माण व्यवसायीको योगदानको कदर गर्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,’ बतास एमएडब्लूका प्रमुख कार्यकारी अधिकृत अग्रवालले भने, ‘यसका अलावा हाम्रो उद्देश्य बतास अर्गनाइजेसन तथा एमएडब्लू कमर्सियलबीच भएको नयाँ साझेदारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउनु पनि हो।’

images

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेहिकलका अगुवा, यातायात संघका पदाधिकारी तथा विज्ञहरुसहित एकसय ५० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा भोग्भो आइसर कमर्सियल भेहिकल इन्डियाका प्रमुख एसएस गिल तथा अन्य उच्च पदाधिकारीहरुको सहभागिता थियो। 

images
images

बतास एमएडब्लू कमर्सियल भेहिकल्सका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई समूहबीचको साझेदारी नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधानहरुमा लक्षित हुने बताए। ‘ग्राहक महानुभावहरुको सेवा र सुविधा लक्ष्य हो। यसका साथै, यो साझेदारीले नविनता र दिगोपनलाई पनि उत्तिकै महत्व दिनेछ,’ उनले भने।  

साथै कम्पनीका बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर यात्राको सफलता र निरन्तरताको लागि बैंकहरु र ग्राहकको विशेष भूमिका रहेको र भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा रहेको बताए। कार्यक्रममा आइसरको नेपाल यात्रालाई महत्वपूर्ण सहयोग गर्ने एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंकलगायत नौ वटा बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिएको थियो। 

कम्पनीका प्रबन्ध संचालक शान्तराज बतासले टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने रणनीतिक योजना सार्वजनिक गरेका थिए। 

‘समृद्धिको लागि साझेदारी’को मान्यता बोकेको आइसर ब्रान्डलाई बतास अर्गनाइजेन र एमएडब्लू कमर्सियलबीच भएको साझेदारीले ‘सिर्नेटिक इफेक्ट’ सिर्जना गर्ने विश्वास बतास एमएडब्लू कमर्सियल भेहिकल्स प्रालिले लिएको छ। दुई समूहको साझेदारी ‘टुगेदर वि आर अनस्टपेबल’ नारालाई आत्मसात् गर्दै अघि बढ्नेछ। 

images

प्रकाशित : सोमबार, असार २५ २०८००५:३७

प्रतिक्रिया दिनुहोस