शनिबार, साउन १२ गते २०८१    
images
images
images

राष्ट्र बैंकले ४/१२ को सीमा नहटाउने हल्लाले सेयर बजारमा पहिरो

images
मंगलबार, कात्तिक २३ २०७८
images
images
राष्ट्र बैंकले ४/१२ को सीमा नहटाउने हल्लाले सेयर बजारमा पहिरो

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत लगाइएको ४/१२ करोड रुपैयाँको सिमा साना लगानीकर्ताको हितमा भएको भन्दै यसलाई हटाउन जरुरी नभएको भन्दै तर्क गर्दै आइरहेका छन्।

images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जाको सीमालाई सम्बाेधन नगर्ने चर्चा सँगै मंगलबार सेयर बजारमा पहिरो गएको छ।

images
images

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत लगाइएको ४/१२ करोड रुपैयाँको सीमा साना लगानीकर्ताको हितमा भएकोले यसलाई हटाउन जरुरी नभएको तर्क गर्दै आइरहेका छन्। सेयर धितो राखेर कर्जा लिँदा व्यक्तिगत ४ करोड साथै पारिवारिक र संस्थागत कर्जामा १२ करोड रुपैयाँको सीमा राष्ट्र बैंकले तोकेको थियो। सोही सीमा नहट्ने हल्लाको असरका कारण तिहारलगत्तै सेयर घट्न थालेको छ।

images

सोमबार १९ अंकले घटेको बजार मंगलबार झनै घटेको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८६ बिन्दुमा पुगेको छ। मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ।     

यस्तोमा ठूला लगानीकर्ताहरूले भने ४/१२ करोड रुपैयाँको सीमालाई तत्काल हटाउन माग गरिरहेका छन्। एउटै व्यक्तिले अर्बौं रुपैयाँ सेयर बजारमा लगानी गर्ने र अनावश्यक चलखेल गर्दै बजार बढाउन खोजेको राष्ट्र बैंकको निष्कर्ष छ। मौद्रिक नीतिको नियामक नेपाल राष्ट्र बैंकले धितोपत्र बजारलाई प्रभावित हुने खालका नीति जारि गर्दै आइरहेको छ।

images

यसका साथै बढ्दो बैंक ब्याजदरले पनि सेयर बजारलाई प्रभावित पारिरहेको छ। बैंकहरूले कात्तिक मसान्तमा थप १० प्रतिशत ब्याजदर बढाउने निश्चित छ। बैंकिङ प्रणालीमा बढ्दो तरलता अभावले लगानीयोग्य पुँजीको अभाव हुँदै गइरहेको छ। बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन्। कर्जाको मागअनुसार बजारमा निक्षेप बढ्न सकेको छैन।

निक्षेप संकलन र कर्जा लगानीको सन्तुलन नमिल्दा बैंकिङ प्रणालीमा समस्या देखिएको हो। नेपालको सेयर बजार बैंकिङ ब्याजदर तथा तरलताको अवस्थाअनुसार तलमाथि हुने गर्छ। अहिले यी दुवै सूचक सेयर बजारका लागि घातक छन्। ब्याजदर बढ्दो क्रममा छ भने तरलता दिनदिनै खुम्चिँदै जाने क्रममा छ।

दसैँपछि चुनावी समाचारले त्राण दिएको सेयर बजारलाई अहिले नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक अवधिमा मौद्रिक नीतिले गरेको ४/१२ को व्यवस्था र सिडी रेसियोलाई नचलाउने कुराले थप त्रासको वातावरण बनाएको छ।

अर्कोतर्फ सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अहिलेका ब्रोकर बचाउनेभन्दा पनि पैसा उठाउने व्यक्ति ल्याउने चर्चाले पनि बजार केही तरंगित बनाएको छ। तिहारअगाडि ब्रोकरहरूले नेपाल स्टक एक्सचेन्जका पूर्वमहाप्रबन्धक सिताराम थपलियालाई अध्यक्ष बनाउने चर्चा चलेको थियो।

यदि ब्रोकरहरूले भनेको व्यक्ति बोर्डमा आएमा सेयर बजारले अर्को नयाँ बिन्दुमा कीर्तिमान बनाउने चर्चा चलेको थियो। तर तरल राजनीतिको केही भर नहुने भन्दै थपलिया नै आउने कुरामा विश्वस्थ हुन नसकिने आँकलन गरिएको छ।

नयाँ आउने अध्यक्षले नयाँ ब्रोकरको लाइसेन्स तथा बैंकलाई ब्रोकर लाइसेन्स दिए भने अहिलेका ब्रोकरहरूले बजार घटाउन ठूलो प्रयत्न गर्ने विश्लेषकहरू बताउँछन्। त्यसले गर्दा ब्रोकरहरू आफ्नो ठाउँबाट सक्दो प्रयासमा छन्।

त्यस्तै अन्य व्यवसायीहरू पनि नयाँ ब्रोकर लाइसेन्स, कमोडिटी एक्स्चेन्ज लगायतका कम्पनीहरू स्थापनाका लागि साथ दिने व्यक्तिको खोजिमा छन्। यसका लागि ठूला ठूला व्यवसायिक घराना नै खर्च गर्न तयार भएर बसेका छन्। यहि अन्योलपूर्ण अवस्थाले पनि सेयर बजार अवको केही समय अस्थिर हुने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend