मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एकैदिन २० अर्ब पुँजीगत खर्चको भुक्तानी

पछिल्लो सात दिनमा १ खर्ब ११ अर्ब बजेट खर्च, आम्दानीभन्दा ५ खर्ब बढी खर्च  

सोमबार, असार २५ २०८०
एकैदिन २० अर्ब पुँजीगत खर्चको भुक्तानी

पछिलल्लो सात दिनमा कूल १ खर्ब ११ अर्ब ५७ करोड बजेट खर्च भएको छ। असार १८ गतेसम्म १२ खर्ब ६३ अर्ब १७ करोड बजेट खर्च भएको थियो। त्यस्तै सात दिनमा ६५ अर्ब चालु खर्च भएको छ। 

काठमाडौं- न्यून आम्दानी तथा उच्च दायित्वका कारणले सरकारी वित्त दबाबमा देखिएपनि असारको अन्तिम साता खर्चमा उछाल आएको छ। 

सरकारले एकैदिन २० अर्ब पुँजीगत शीर्षकबाट भुक्तानी दिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ गतेमात्र अहिलेसम्मको तथ्यांक अनुसार २० अर्ब रुपैयाँ पुँजीगत शीर्षकबाट भुक्तानी दिएको छ। 

चेक काटिएको बाहेकको भुक्तानी असार २४ गतेमात्र २० अर्ब भएको हो। असार २३ गतेसम्म १ खर्ब ९० अर्ब खर्च भएकोमा २४ गतेसम्म २ खर्ब १० अर्ब पुगेको छ। यो कूल विनियोजनको ५५ प्रतिशत हो। 

न्यून आम्दानी भएपनि काम सम्पन्न भएर भुक्तानीका लागि बिलको चांग लागेपछि सरकारले वर्षको अन्त्यमा आएर धमाधम भुक्तानी दिन थालेको हो। निर्दिष्ट बाहेकको भुक्तानी असार २४ गतेपछि बन्द हुने भएपछि एकै दिन धेरै भुक्तानी भएको हो। 

पछिल्लो सात दिनमा सरकारले ३९ अर्ब पुँजीगत खर्च गरेको छ। असार १८ गतेदेखि २४ गतेको बीचमा सरकारले ३९ अर्ब खर्चिएको हो। असार २४ गतेमात्र ४१ अर्ब  कूल बजेट भुक्तानी भएको छ। असार २३ गतेसम्म १३ खर्ब ३० अर्ब रहेकोमा २४ गते बढेर १३ खर्ब ७४ अर्ब पुगेको छ। 

पछिलल्लो सात दिनमा कूल १ खर्ब ११ अर्ब ५७ करोड बजेट खर्च भएको छ। असार १८ गतेसम्म १२ खर्ब ६३ अर्ब १७ करोड बजेट खर्च भएको थियो। त्यस्तै सात दिनमा ६५ अर्ब चालु खर्च भएको छ। 

त्यस्तै एकैदिनमा आम्दानी भने २३ गतेको तुलनामा २४  गते १२ अर्ब थपिएको छ। असार २३ गतेसम्म ८ खर्ब ८० अर्ब रहेको राजस्व २४ गते बढेर ८ खर्ब ९२ अर्ब पुगेको छ। अनुदानसहितको अन्य आम्दानी जोड्दा सरकारले असार २४ गतेसम्म जम्मा ९ खर्ब ३५ अर्ब रहेको छ। असार २४ गतेसम्म जम्मा ४ खर्ब ८० अर्ब अनुदान परिचालन भएको छ। 

न्यून राजस्व संकलनका कारणले गर्दा बजेट घाटा करिब पाँच खर्च पुगेको छ। आन्तरिक तथा वैदेशिक ऋण परिचालन गर्दासमेत घाटा पूर्ति हुन कठिन देखिएको छ। 

असार २४ गतेसम्म सरकारले कूल आम्दानीभन्दा ४ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ। तर यो आम्दानी राजस्व बाँडफाँड बाहेकको हो। १ खर्ब बाँडफाँडामा गएपछि बजेट घाटा अझै बढ्ने देखिन्छ।


प्रकाशित : सोमबार, असार २५ २०८००३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend