आइतबार, भदौ २३ गते २०८१    
images
images

जलविद्युतका सेयर लगानीकर्तालाई इपान अध्यक्ष कृष्ण आचार्यका पाँच सुझाव

images
बिहीबार , कात्तिक २५ २०७८
images
images
जलविद्युतका सेयर लगानीकर्तालाई इपान अध्यक्ष कृष्ण आचार्यका पाँच सुझाव

आईपीओमा ३० गुणासम्म आवेदन पर्ने गरेको छ। गत वर्षसम्म ५० देखि १०० भित्रै दर्जनौँ कम्पनीका सेयर दोस्रो बजारमा खरिद गर्न सकिने थियो। अहिले उक्त सेयरको मूल्य बढेर अधिकांश ५ सय माथि नै कारोबार भइरहेका छन्। जसका लगानीकर्ताले पनि मनग्य नाफा समेत बुक गरिसकेका छन्। 

images
images

काठमाडौं- नेपालमा पछिल्लो समय प्रवर्द्धकहरूलाई जलविद्युतमा लगानी गर्न सजिलो हुँदै गएको छ। नेपाल स्टक एक्सेन्चज (नेप्से) मा दर्जनौँ हाइड्रो पावर कम्पनी सूचीकृत छन्। पछिल्लो समय हाइड्रो कम्पनीको साधारण सेयर (आईपीओ) मा मात्रै होइन दोस्रो बजारमा पनि खरिद गर्ने चाप बढ्दो छ। 

images
images
images

आईपीओमा ३० गुणासम्म आवेदन पर्ने गरेको छ। गत वर्षसम्म ५० देखि १०० भित्रै दर्जनौँ कम्पनीका सेयर दोस्रो बजारमा खरिद गर्न सकिने थियो। अहिले उक्त सेयरको मूल्य बढेर अधिकांश ५ सय माथि नै कारोबार भइरहेका छन्। जसका लगानीकर्ताले पनि मनग्य नाफा समेत बुक गरिसकेका छन्। 

जलविद्युत कम्पनीको सेयरमा लगानी गर्दा जोखिम हुनसक्ने भन्दै विद्युत नियमन आयोगदेखि ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)ले समेत कम्पनी आर्थिक अवस्था हेरेर लगानी गर्न आग्रह गर्दै आएका छन्। 

नेपालमा लगानी गर्नेहरूका लागि विकल्प नएभपछि पनि जलविद्युतमा आकर्षण बढेको इपानका अध्यक्ष कृष्ण आचार्य बताउँछन्। ‘नेपालमा अन्य उद्योगधन्दामा विकल्प छैन। अहिले समग्र अर्थतन्त्रको कुरा गर्दा ठूला घरानाहरू पब्लिक कम्पनीमा गएका छैनन्, जलविद्युतमा सबैले लगानी गर्न पाउँछन्,’ आचार्यले भने। 

images

सरकारले पनि बाध्यात्मक बनाएको छ। स्थानीयलाई १० प्रतिशत दिनैपर्ने व्यवस्था समेत गरिएको छ। जसका कारण पनि जलविद्युतको सेयरका आर्कषण बढ्दो छ। साधारण सेयरमा पनि ३० प्रतिशतसम्म दिनु पर्ने व्यवस्था रहेको छ। 

गाडी, घरजग्गा किन्ने अनि कम्पनी चाहिँ घाटामा लैजाने भनेर, खर्च धेरै देखाउने भनेर पनि आरोप लागेकै हो। तर अहिले धेरै सुधार भइसकेको छ। नियमन आयोग पनि आएको छ। अन्य निकायले पनि यसमा चासो दिएका छन्। लगानीकर्ताहरू पनि सचेत हुन थालेका छन्।

प्रवर्द्धक र लगानी गर्ने जनताले पनि लगानी गर्दा कम्पनीको अवस्था हेरेर लगानी गर्न आवश्यक रहेको तर्क अध्यक्ष आचार्यको छ। ‘आयोजना निर्माण सम्पन्न नभएसम्म जनतालाई सेयर दिनै हुँदैन,’ अध्यक्ष आचार्यले भने।

विगतमा आयोजना निर्माण सुरु नहुँदै जनतालाई लगानी गर्नसमेत लगाउँदा समस्या आएको समेत उनको भनाइ छ। अहिले त ५० प्रतिशत निर्माण सम्पन्न नभइ सेयर जारी गर्न पाउने कानूनी व्यवस्था छ।  

अहिले भएको कानूनमा पनि ५० वर्षसम्मको व्यवस्था रहेको छ। तर सरकारले ३५ वर्षभन्दा बढी दिइँदैन। ५० वर्षसम्म मात्रै दिने हो भने पनि प्रवर्द्धकहरूलाई दबाब नहुने र जनताको पैसा पनि नफस्ने आचार्यको बुझाइ छ। 

जलविद्युतको लगानी गर्न इपान अध्यक्षमा पाँच सुझाव, यी हुन् लगानीकर्ताले विचार गर्नुपर्ने कुरा-

जलविद्युतले हिउँदमा बिजुली दिन सक्छ कि सक्दैन? 

आयोजनाको लागत कति छ? 

आयोजना राजमार्गबाट कति टाढा छ? 

आयोजनाको नजिक सवस्टेशन र प्रसारण लाइन छ कि छैन? 

आयोजना निर्माणमा कस्तो जनशक्ति प्रयोग भएको छ?

 

 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend