आइतबार, वैशाख २३ गते २०८१    
images
images

असार सकिन लाग्दा कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

images
बिजनेस न्युज
images
images
असार सकिन लाग्दा कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ।

images
images

कर्णाली- कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ।  कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए। उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ।

images
images
images

दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन। निर्देशक रोकायका अनुसार दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो।

images

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ। कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए। रासस

images

images

प्रकाशित : आइतबार, असार २४ २०८००४:२४
प्रतिक्रिया दिनुहोस