आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

लम्पी स्किनले गोरु मर्न थालेपछि रोपाइँ गर्न मुस्किल

images
शनिबार, असार २३ २०८०
images
लम्पी स्किनले गोरु मर्न थालेपछि रोपाइँ गर्न मुस्किल

गोरखामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट संक्रमित भएका छन्। यस रोगबाट एक सय चार  गोरु मरिसकेका छन्।

images
images

गोराखा- गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।

images
images
images

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन्। लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका-३ फुजेलका विष्णुप्रसाद पन्तले बताए।

images
images

'रोपाइँ गर्ने बेलामा गोरु मर्‍यो', उनले भने, 'धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुस्किल भएको छ।' लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताए।

images
images

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ। 'खेताला पनि पाउन गाह्रो छ', पन्तले भने।

लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका-६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए। 'कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ', उनले भने, 'जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ। गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन।'

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा शर्मिला कुमालले बताइन्। जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट संक्रमित भएका छन्। यस रोगबाट एक सय चार  गोरु मरिसकेका छन्। जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको संक्रमण फैलिएको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, असार २३ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend