आइतबार, भदौ २३ गते २०८१    
images
images

असोजमा १४ अर्ब सहुलियत ऋण स्वीकृत 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
images
images
असोजमा १४ अर्ब सहुलियत ऋण स्वीकृत 

स्वीकृतमध्ये १ खर्ब ९८ अर्ब ऋण परिचालन हुन बाँकी छ। 

images
images

काठमाडौं- ब्याज अनुदान पाइने सहुलियत कर्जा असोजमा मात्र १४ अर्ब स्वीकृत भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौसम्म २ खर्ब १७ अर्ब ऋण स्वीकृत भएकोमा असोज मसान्तसम्म २ खर्ब ३१ अर्ब   पुगेको छ। ५५ बैंक तथा वित्तीय संस्थाले १ लाख २९ हजार ६८० जनाले यस्तो ऋण पाएका छन्। 

स्वीकृतमध्ये १ खर्ब ९८ अर्ब ऋण परिचालन हुन बाँकी छ। 

सहुलियत ऋण उपयोग गर्नेमा सबैभन्दा अगाडि व्यावसायिक कृषि तथा पन्छी क्षेत्र रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो क्षेत्रले कूल १ खर्ब ४९ अर्ब ऋण स्वीकृति पाएको छ।

images

पाँच प्रतिशत ब्याज अनुदान पाउने दश समूहमध्ये सबैभन्दा अघि कृषि क्षेत्र देखिएको हो। ऋण उपयोग गर्ने संख्या भने सबैभन्दा धेरै महिला उद्यमशील कर्जा अन्तर्गत देखिएका छन्। यो शीर्षकमा ७३ हजारले ऋण स्वीकृत गराएका छन्। 

अनुदान बापत भदौ मसान्तसम्म ९ अर्ब १५ करोड २१ लाख अनुदानबापत खर्च भएको राष्ट्र बैंकले जानकारी दिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८०५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend