बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

एसईई परीक्षाफल प्रकाशित, यसरी थाहा पाउन सकिन्छ नतिजा

images
बिहीबार , असार २१ २०८०
images
images
एसईई परीक्षाफल प्रकाशित, यसरी थाहा पाउन सकिन्छ नतिजा
images
images

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको हो। २०७२ अघि भने ग्रेडिङ प्रणाली लागु भएको थिएन।

images
images

२०७२ सालको पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ।

images
images

गत चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ चार लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता रहेको थियो। परीक्षामा दुई लाख ४२ हजार ७१२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले भाग लिएका थिए। बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार ४६१ जना परीक्षार्थी थिए।

images
images

फोनमा १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ। त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिने छ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट नतिजा हेर्न सकिने व्यवस्था छ।


प्रकाशित : बिहीबार , असार २१ २०८०१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend