बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

ट्‍वीटर किलर भनिएको मेटाको थ्रेड्स एप आयो

images
बिहीबार , असार २१ २०८०
images
images
ट्‍वीटर किलर भनिएको मेटाको थ्रेड्स एप आयो

पछिल्लो समय ट्विटरको स्वामित्व एलन मस्कले लिएपछि गरिएको परिवर्तनबाट बिच्किएका प्रयोगकर्ता तान्ने उद्देश्यसहित मेटाले यो एप ल्याएको हो। 

images
images

काठमाडौं- इन्टनेटको दुनियाँमा साम्राज्य खडा गर्न सफल मेटाले नयाँ एप्लिकेशन आज सार्वजनिक गरेको छ। 

images
images

फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम चलाइरहेको कम्पनी मेटाले आज थ्रेड्स पनि सार्वजनिक गरेको हो। माइक्रो ब्लगिङ साइट ट्विटरको बिकल्पका रुपमा चर्चा गरिएको थ्रेड्स आजदेखि आएको हो। 

images
images

मोबाइल एप्लिकेशनमा आएको यो एप इन्स्टाग्रामसँग लिंक गरिएको छ। अर्थात् इन्स्टाग्राममा खाता हुनेहरूलेमात्र जोडिनसक्छन्। तर प्रोफाइल फरक बनाउन सकिन्छ।

images
images

टेक्स्ट सन्देशमूलक भनिएको यो एपमा ट्विटरको जस्तै रिप्लाइ, कोट र सेयर गर्न सकिन्छ। यसमा म्यासेजको सुविधा भने देखिएको छैन। 

फोटो र भिडियोसमेत सेयर गर्न मिल्ने यसमा पहिलो चार घण्टामै ५० लाख प्रयोगकर्ताले साइनअप गरेको मेटाका कार्यकारी अधिकृत मार्क जुकरवर्गले जानकारी दिएका छन्। 

पछिल्लो समय ट्विटरको स्वामित्व एलन मस्कले लिएपछि गरिएको परिवर्तनबाट बिच्किएका प्रयोगकर्ता तान्ने उद्देश्यसहित मेटाले यो एप ल्याएको हो।


प्रकाशित : बिहीबार , असार २१ २०८००३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend