काठमाडौं- लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुको संख्या १८ पुगेको छ। वाणिज्य बैंकहरु मध्ये सवैभन्दा थोरै घोषणा गर्नेमा सनराइज बैंक भएको छ।
सनराइज बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत मात्रै लाभांश दिने घोषणा गरेको हो। बैंकले ६.६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद गरेर ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यसअघि १७ बैंकले लाभांश घोषणा गरिसकेका छन्।
सोमबारनै प्राइम बैंकले पनि १६.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। बाँकी १६ बैंकले भने यसअघिनै लाभांश घोषणा गरेका छन्। घोषणा गर्नेमा सवैभन्दा बढी नविल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ।
अन्य १६ बैकमा कुनकाे कति ?