काठमाडौं- विकास बैंकतर्फ पाँच वटाले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। दोस्रो बजारमा अत्याधिक बढीरहेका विकास बैंकहरु मध्ये ५ वटाले मात्रै लाभांश घोषणा गरेका हुन्।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साग्रिला डेभलपमेन्ट र्बैंकले लाभांश घोषणा गरेका छन्।
लाभांश घोषणा गरेका विकास बैंकमा सबैभन्दा बढी कामना सेवा विकास बैंकले लाभांश दिने भएको छ। बैंकले सेयरधनीहरुलाई १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस १८.५० र नगद करसहित ०.९७ प्रतिशत रहेको छ।
यस्तै मुक्तिनाथ विकास बैंकले १८.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस १७.५८ र नगद ०.९३ प्रतिशत रहेको छ । लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १० प्रतिशत रहेको छ भने नगद ३.७१ प्रतिशत रहेको छ।
यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लगानीकर्ताले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा १०.९५ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।