काठमाडौ- प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि १६.६३ प्रतिशत लाभांश घोषणा गरेको छ।
सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। सेयरधनीले राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले पारित गरेपछि लाभांश पाउनेछन्।