बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

आईटी कम्पनी सञ्चालकको गुनासो : तलब खानेलाई १५ लाखसम्म ऋण दिने बैंकले कम्पनीलाई हजार रूपैयाँ पनि दिँदैनन् 

images
बुधबार, असार २० २०८०
images
images
आईटी कम्पनी सञ्चालकको गुनासो : तलब खानेलाई १५ लाखसम्म ऋण दिने बैंकले कम्पनीलाई हजार रूपैयाँ पनि दिँदैनन् 

ठूलो संख्यामा रोजगारीमात्र होइन यो क्षेत्रबाट गत वर्षमात्र ५० करोड १५ लाख अमेरिकी डलर नेपाल भित्रिएको सर्वेक्षणको प्रारम्भिक तथ्यांक रहेको छ। यो गत वर्षको पर्यटन आयभन्दा धेरै हो। रोजगारी तथा वैदेशिक मुद्रा आर्जनका लागि धेरै सम्भावना बोकेको क्षेत्रका रुपमा सूचना प्रविधि रहेको अध्ययनले देखाएको छ। 

images
images

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. प्रकाशरणले महतले सूचना प्रविधिको क्षेत्रलाई अर्थतन्त्रको भविष्यका रुपमा घोषणा गरेका छन्। लेख्नेमात्र होइन बजेटमाथिको छलफलका क्रममा पनि उनले खस्किँदो अर्थतन्त्रको उद्दार हुनसक्ने क्षेत्रका रूपमा लिएरै सरकारले प्रबर्द्धनको नीति लिएको बताएका थिए। 

images
images

पछिल्लो समय नेपालको भुक्तानी सन्तुलनमा निरन्तर दबाब देखिँदै आएको छ। बढ्दो मागलाई धान्ने आयातका लागि पर्याप्त वैदेशिक मुद्राको आम्दानी नभएपछि सरकारले निश्चित अवधिका लागि प्रतिबन्ध लगाउँदै आएको छ। पछिल्लो पाँच वर्षमै सरकारले तीन पटक आयात प्रतिबन्ध लगाइसकेको छ। 

images
images

पछिल्लो समय भने सरकारले गएको मंसिरदेखिमात्र प्रतिबन्ध हटाएको थियो। रेमिट्यान्सबाहेक वस्तु निर्यातमा पछिल्लो तीस वर्षदेखिको प्रयास सफल नभएपछि सरकारले अब भने सूचना प्रविधिलाई विदेशी मुद्रा भित्र्याउने उपयुक्त क्षेत्रका रुपमा अघि बढाउने भएको छ। सूचना प्रविधिमा विदेशी लगानीको सीमा लागु नहुनेदेखि लिएर कयौँ उत्प्रेरणाका कार्यक्रम पनि घोषणा भएका छन्।

images
images

तर अहिले नै सूचना प्रविधिको सेवा दिनका लागि कम्पनी खोलेरै विदेशी मुद्रा आम्दानी गरिरहेका सञ्चालकहरूले भने यो क्षेत्रलाई समग्र प्रणालीले साथ नदिएको गुनासो गरेका छन्।

नेपालमा सफ्टवेयर तथा सूचना प्रविधिको सेवा दिने कम्पनीहरूको एसोसिएसनका उपाध्यक्ष सन्तोष कोइरालाले विशेषगरि बैंकिङ क्षेत्रबाट पूरै बेवास्ता गरिएको गुनासो गरेका छन्। 

मंगलबार काठमाडौंमा आगामी वर्षको मौद्रिक नीतिका बारेमा भएको छलफलमा बोल्दै लगानी जुटाउने सन्दर्भमा कठिन भएको उनको गुनासो थियो। घरजग्गाको धितो बाहेक परियोजना तथा कम्पनीलाई ऋण नै नदिने प्रवृत्ति बैंकहरूमा रहेको उनको भनाइ थियो। 

सूचना प्रविधिको क्षेत्रमा सम्भावना धेरै भएपनि प्रबर्द्धनका लागि प्रणालीको सहायता नभएको उनको भनाइ छ। 

‘समस्या कतिसम्म छ भने नेपालमा राष्ट्र बैंककै नियम अनुसार हाम्रो कम्पनीमा काम गर्ने कर्मचारीले बुझ्ने तलबकै आधारमा १५ लाखसम्म ऋण पाउँछन् र पाइरहेका छन् तर त्यही कम्पनीले ऋण माग गर्‍यो भने एक हजार रुपैयाँ पनि ऋण पाइँदैन’ उनले भने। 

जुन कम्पनीमा काम गरेर र त्यही कम्पनीले दिने तलबको विश्वासमा ऋण दिइन्छ सोही कम्पनीलाई ऋण नदिने नीति गलत भएको र ऋण पाउनुपर्ने उनको भनाइ छ। 

सूचना प्रविधिको क्षेत्रलाई प्रबर्द्धन गर्न खोजिएको हो भने त्यसलाई ऋण दिनेमात्र होइन स्वदेशी कम्पनीको सेवामा विश्वास गर्नुपर्ने उनको जोड रहेको छ। 

सूचना प्रविधि क्षेत्रको सम्भावना राम्रो रहेको र यसबाट नेपालले लाभ लिनसक्ने हालैको एक अध्ययनले पनि देखाएको छ। यो क्षेत्रबाट बर्सेनि ५० अर्बभन्दा बढी वैदेशिक मुद्रा आर्जन अहिले नै भइरहेको   एउटा सर्वेक्षणले देखाएको छ। सर्वांगिण विकास अध्ययन संस्था (आईआईडीएस) को पछिल्लो अध्ययनले गत वर्षमात्र यो क्षेत्रले ५० करोड १५ लाख अमेरिकी डलर आम्दानी गरेको देखाएको छ। 

आईआईडीएसको सर्वेक्षणअनुसार नेपालमा सात हजारभन्दा बढी सूचना प्रविधिको सेवा दिने कम्पनी दर्ता भएका छन्। यसमध्ये सात हजार अहिले पनि काम गरेर कर तिरिरहेको पाइएको छ।

त्यस्तै १०६ वटा कम्पनीले अहिले सेवा निर्यात अर्थात् नेपालबाट सेवा दिएर वैदेशिक मुद्रा आम्दानीको काम गरिरहेका छन्। यस्ता कम्पनी तथा स्वतन्त्र रुपमा काम गर्ने आईटी जनशक्तिको संख्या ६६ हजार ५०९ जना रहेको पाइएको छ। 

ठूलो संख्यामा रोजगारीमात्र होइन यो क्षेत्रबाट गत वर्षमात्र ५० करोड १५ लाख अमेरिकी डलर नेपाल भित्रिएको सर्वेक्षणको प्रारम्भिक तथ्यांक रहेको छ।

यो गत वर्षको पर्यटन आयभन्दा धेरै हो। रोजगारी तथा वैदेशिक मुद्रा आर्जनका लागि धेरै सम्भावना बोकेको क्षेत्रका रुपमा सूचना प्रविधि रहेको अध्ययनले देखाएको छ। 


प्रकाशित : बुधबार, असार २० २०८००१:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend