शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

महँगिँदो जनशक्तिपछि प्रविधिमा किसानको आकर्षण बढ्दै

images
मंगलबार, असार १९ २०८०
images
images
महँगिँदो जनशक्तिपछि प्रविधिमा किसानको आकर्षण बढ्दै

उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन्। ‘धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ’, उनले भने, ‘कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ।’

images
images

काठमाडौं- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध हुनुहुन्छ। पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ। उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेकाे पाँच वर्ष भइसक्यो। खेत जोत्नका लागि उनले अचेल ‘पावर टिलर’को प्रयोग गर्दछन।

images
images
images

‘अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ’, उनले भने, ‘प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ।’ वर्षौँदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आउनुभएको छ। कुरेरुवा कृषक समूहमा आबद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका थिए। 

उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन्। ‘धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ’, उनले भने, ‘कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ।’

images

शुक्लाफाँटा–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ। ‘कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्’, उनले भने, ‘यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ।’

images

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण प्रयोग बढ्दै गएको छ। प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ। मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन्। 

‘पहिले–पहिले परम्परागत तरिकाले खेती गथ्र्यौ, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो’, चौधरीले भने, ‘अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ।’

कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ–नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थपेको छ। गाउँमा काम गर्ने युवाहरू वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ। जनशक्ति एकदमै महँगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको चेतराज चौधरी बताए।

‘विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ’, उनले भने, ‘अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक–दुई सातामै सकिन्छ।’ कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए। 

‘कृषि कर्ममा प्रयोग हुने नयाँ–नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ”, उहाँले भन्नुभयो, “व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ।’  उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ।

रासस
–––


प्रकाशित : मंगलबार, असार १९ २०८००५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend