काठमाडौं- तिहार बिदापछि खुलेको पहिलो दिन नेप्से परिसूचक घटेको छ। साताको पहिलो कारोबार भएको दिन सोमबार नेप्से १९.२० अंकले घटेर २८ सय २९.६५ बिन्दुमा रोकिएको छ।
सोमबार ७२ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको हो। १९ अंकले बजार घट्दा ४२ कम्पनीको सेयर बढ्यो भने १ सय ४२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो।