शनिबार, साउन १२ गते २०८१    
images
images
images

दसैँतिहारमा दिनकै ४० किलोसम्म बिक्यो सुन

images
सोमबार, कात्तिक २२ २०७८
images
images
दसैँतिहारमा दिनकै ४० किलोसम्म बिक्यो सुन
images

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको जनाएको छ। दसैँ र तिहारको बेलामा प्रतिदिन सुनको व्यापार ४० किलो र चाँदीको व्यापार १ हजार किलोसम्म भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन्।

images
images

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन्। उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए।

images

अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त भए पनि सरकारले प्रतिदिन तोकेको २० किलो सुनको आयात भइरहने हुनाले चाडवाडमा बिक्री भएर सकिएको ठाउँको परिपूर्ति हुने बताए। उनले मंसिर महिनाबाट विवाहको लगन हुने भएकोले त्यो बेलामा पनि राम्रो व्यापार हुनेमा आशावादी रहेको बताए। अध्यक्ष शाक्यले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेपछि सुनचाँदीको व्यापारले पनि राम्रो लय समातेको बताए। 

अध्यक्ष शाक्यले सरकारले सुनचाँदी सप्लाइ (वितरण) को नियमलाई वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए। उनले सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउँदै देश संघीयताको राज्य पुनः संरचनामा गइसकेकोले सुनको सप्लाइ (वितरण)लाई पनि काठमाडौंमा केन्द्रित नगरी सातै प्रदेशको राजधानी मार्फत् वितरण हुनुपर्ने बताए। उनले आपूर्तिको २० किलो कोटालाई प्रतिदिन ३० किलो बनाएर जानुपर्ने धारणा राखेका छन्। 

images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ-

पोहोर साल कोरोनाको कारणले गर्दा व्यापारमा नराम्रो प्रभाव परेको थियो। त्यसको तुलनामा यस वर्ष उत्साहजनक व्यापार भएको छ। यस वर्षको दसैँतिहारमा दिनको ४० किलोको हाराहारीमा सुनको बिक्री भएको छ। धन्तेरसको दिनमा त लगभग ५० किलोको हाराहारीमा माग आएको थियो।

चाँदीको कुरा गर्दा प्रतिदिन १ हजार किलो हाराहारीमा माग आएको थियो। धन्तेरसको दिनमा तिहारमा २ हजार किलोसम्म चाँदीको माग आएको थियो। यो वर्षको चाड सुनचाँदी व्यवसायको लागि राम्रो रह्यो। 

नेपाल सरकार, राष्ट्र बैंकले प्रतिदिन २० किलो सुनको कोटा तोकिराखेको छ। चाडवाडको दिनमा बिदाहरु हुन्छ, त्यसपछिको केही दिन बजार अलि सुस्त हुन्छ। सुस्त भएको बजारमा पनि कोटाको सुनहरु आइरहने भएकोले चाडको बेलामा भएको स्टक यो सुनले परिपूर्ति हुन्छ। हामी अहिले त्यही गरिरहेका छौँ।

आजबाट बजार खुला भइसकेको छ, यो वर्षको मंसिर महिनादेखि विवाहको लगन सुरु हुँदैछ, त्यसमा पनि हामी आशाप्रद रुपमा राम्रो व्यापार होला भन्नेमा छौँ। कोरोनाको भ्याक्सिनहरु आयो, बजार सामान्यीकरण तर्फ गयो, त्यो अवस्थामा राम्रो लय समातोको छ।

सुनचाँदीको गरगहना नै उपभोक्ताको रोजाइमा परेको छ। तिहारको बेला सुनको असर्फीहरु, गणेशलक्ष्मीको मूर्तिहरु र विभिन्न किसिमको गरगहनामा डिमाण्ड बढेको छ। कोहीले काँचो सुन पनि माग्नुभएको थियो, हामीले गरगहना बनाउने डिमाण्डलाई सुन नपुगेकाले काँचो सुन उपलब्ध गराउन सकेका छैनौँ।

यो जुन सप्लाइको सिस्टम छ, यसलाई हामीले विशेष गरेर वैज्ञानिक र पारदर्शी बनाउन जरुरी छ। यसलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्थापन गर्नु जरुरी छ।

यसै सन्दर्भमा हामी रिसेन्ट्ली नेपाल राष्ट्र बैंक जाँदै छौँ, अर्थ मन्त्रालय लगायत विभिन्न नियामक निकायहरुमा यही सुनको सप्लाइसँग सम्बन्धित विषयमा कुराकानी गर्न जाँदैछौँ। देश संघीयताको राज्य पुनःसंरचनामा गइसकेको छ, सुनको सप्लाइ पनि काठमाडौंमा केन्द्रित नभइ सातै प्रदेशको राजधानीहरुबाट राजधानी राजधानीहरुको तर्फबाट वितरण हुनुपर्छ र मोफसलमा रहेका व्यवसायीहरुले पनि आफ्नो सुनको आपूर्तिको व्यवस्थापन गर्नको लागि काठमाडौंमा नै आएर सुन किन्नुपर्ने जुन बाध्यात्मक परिस्थिती विगतमा रहेको थियो, त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भमा हामी लभिङ गरेर अघि बढीरहेको छौँ।

२० किलोको कोटा सिस्टम रहेसम्म यसलाई पनि आपूर्तिमा कन्स्टेन्ट रहन्छ। अलिकति कमी कमजोरी रहन्छ, त्यसलाई पर डे ३० किलो गरेर सिजनको बेला बढी सुन ल्याउने र अफ सिजनको बेलामा कम मात्रै ल्याएर बजारलाई स्तरमा राख्ने भन्ने कुरा लिएर नेपाल सरकारका विभिन्न निकायमा हामी गइरहेका छौँ। सरकारले पनि यसलाई सुनुवाइ गरेर सप्लाइ सिस्टमलाई अलिकति परिवर्तन गर्ने हो भने यसले नेपालको सुन बजारलाई एकदमै राम्रोसँग सन्तुलनमा राखेर विकास  एवं विस्तारको लागि मद्दत गर्न सक्छ।


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend