बिहीबार , मंसिर १३ गते २०८१    
images
images

धमाधम कर्जाको ब्याजदर घट्दै, पाँच बैंकको आधारदर एकल अंकमा, कुन बैंकको कति?

images
शुक्रबार, असार १५ २०८०
images
images
धमाधम कर्जाको ब्याजदर घट्दै, पाँच बैंकको आधारदर एकल अंकमा, कुन बैंकको कति?
images
images

काठमाडौं- झन्डै दुई वर्षपछि बैंकिङ प्रणालीमा तरलता सहज भएपछि ऋणको ब्याजदर घट्न थालेको छ। पछिल्लो समय ऋण प्रवाह कम र निक्षेप आउने क्रम बढी हुँदा अन्तरबैंक ब्याजदर घटेर ५.११ प्रतिशतमा झरेको छ। कुनै समय ८.५ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर ओरालो लाग्ने चरणमा प्रवेश गरेको छ।

images
images
images

असार ११ गते बैंकहरूको औसत सीडी रेसियो सामान्य घटेर ८३.९२ प्रतिशत कायम भएको छ। बैंकिङ प्रणालीमा ३ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य पैसा थुप्रिएको छ। पछिल्लो समय बैंकहरूले धमाधम ब्याजदर घटाएका छन्। पाँचवटा बैंकको आधारदर एकल अंकमा आएको छ। बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि बैंकहरूले आधारदर घटाउन थालेका हुन्। आधारदरले नै ऋणको ब्याजदर घट्ने बढ्ने निर्धारण गर्दछ। राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नेपाल, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा आएको छ।

images

बैंकहरूको आधार दर १० प्रतिशत तल झारिएको छ। अब आधारदर सस्तो भएका बैंकहरूको ऋणको ब्याजसमेत सस्तो हुनेछ। बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ। आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले ऋण लगानी गर्दछन्। त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ, आधार दर घट्दा ब्याजदर पनि घट्दै आउँछ। 

images

‘स्प्रेडदर घटाउनै पर्ने बाध्यताले पनि ऋणको ब्याजदर घट्दैछ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। निक्षेपको नघटे पनि ऋणको भने ब्याजदर घट्दो ट्रेण्डमा रहेको अध्यक्ष केसी बताउँछन्। अहिले आधारदर घटाएर सार्वजनिक गरिरहेकोले ऋणको ब्याजदर घट्ने निश्चित रहेको अध्यक्ष केसी बताउँछन्। ‘स्प्रेडदर ४.२ बाट ४ प्रतिशतमा ल्याउनुपर्ने भएकोले पनि ऋणको ब्याजदर घटेको हो,’ अध्यक्ष केसीले भने। 

कुन बैंकको कति?

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइनेछ। बैंकको आधार दर ८.२४ प्रतिशत रहेको छ। अन्तर्राष्ट्रिय भुक्तानीका लागि नेपालमा एजेन्सी बैंकिङ गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक भने दोस्रो स्थानमा रहेको छ। बैंकको आधारदर ९.२९ प्रतिशत रहेको छ। 

सबैभन्दा कम आधार दर हुनेको तेस्रो स्थानमा नेपाल बैंक छ। बैंकको आधार दर ९.५५ प्रतिशत रहेको छ। यस्तै, नबिल बैंकको आधार दर ९.६५ प्रतिशत छ। नबिलबाट ऋण लिँदा पनि अन्य बैंकहरूको तुलनामा सूस्तो ब्याज लाग्नेछ। यसको आधारमा बैंकबाट ऋण लिँदा अधिकतम १४.५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को आधार दर पनि ९.८४ प्रतिशत छ। 

एभरेष्ट बैंकको आधार दर १०.०६ प्रतिशत, सिद्धार्थ बैंकको १०.२१ प्रतिशत, कषि विकासको १०.२१, एनआईसी एसियाको १०.३५, प्रभुको १०.३६, ग्लोबल आइएमईको १०.३७ प्रतिशत रहेको छ।

यस्तै, एनएमबि बैंकको आधार दर १०.४५ प्रतिशत, सानिमा बैंकको १०.५२ प्रतिशत, प्राइमको १०.८४ प्रतिशत, नेपाल एसबिआईको १०.८५, कुमारीको १०.८८ प्रतिशत छ। यता, माछापुच्छ्रे बैंकको आधार दर १०.९२ प्रतिशत, हिमालयन बैंकको १०.९४, सिटिजनको १०.९५, लक्ष्मीको १०.९६ प्रतिशत र सनराइजको ११.१४ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, असार १५ २०८००८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend