सोमबार, पुस २९ गते २०८१    
सोमबार, पुस २९ २०८१
images
images

तरलता अभावकै बीच ६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
तरलता अभावकै बीच  ६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल राष्ट्र बैंकले  ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री मार्फत् आन्तरिक अल्पकालीन ऋण उठाउन लागेको छ। 

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा ऋण दिन मिल्ने रकम(तरलता)को चरम अभाव भइरहेको समयमा सरकारले ६ अर्ब १० करोड आन्तरिक ऋण उठाउन लागेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले  ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री मार्फत् आन्तरिक अल्पकालीन ऋण उठाउन लागेको छ। 

images

केन्द्रीय बैंकले ९१ दिन अवधिको  १० करोड र १८२ दिन अवधिको  ६ अर्ब गरी कूल ६ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो।

images
images
images

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी बिल २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले  एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइन मार्फत् आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ। रासस


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०६:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend