काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ। दुवै कम्पनीले ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंगलवार (कात्तिक २३ गते) बुक क्लोज गर्दैछन्।
गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५\७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा मंसिर ५ बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ दशमलव ४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।