शनिबार, साउन १२ गते २०८१    
images
images
images

‘सकारात्मक सूचना’को पर्खाइमा लगानीकर्ता, दसैँपछि उत्साह देखिएको बजार अब कता मोडिएला? (विश्लेषणसहित)

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
‘सकारात्मक सूचना’को पर्खाइमा लगानीकर्ता, दसैँपछि उत्साह देखिएको बजार अब कता मोडिएला? (विश्लेषणसहित)

दसैं विदा पछि सुधारिएको सेयर बजार तिहार पछि के होला भन्ने कौतिहलता लगानीकर्ताहरु माझमा बढ्दै गएको छ। लगानीकर्ताहरु अहिले सकारात्मक सूचनाको पर्खाइमा छन्।

images

काठमाडौं- तिहार बिदापछि कात्तिक २२ गते सोमबारदेखि सेयर बजार खुल्दै छ। कात्तिक १७ गते तिहार बिदाअघिको कारोबारको अन्तिम दिन बुधबार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ। त्यसअघि मंगलबार २३.७६ अंकले बजार बढ्को थियो।

images
images

दसैँ बिदापछि सुधारिएको सेयर बजार तिहारपछि के होला भन्ने कौतुहलता लगानीकर्तामाझ बढ्दै गएको छ। लगानीकर्ताहरू अहिले सकारात्मक सूचनाको पर्खाइमा छन्।

images

बजारको सुधारको निर्णायक नेपाल राष्ट्र बैंकले केही दिनभित्रमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दैछ। मौद्रिक नीतिका कारण ३२ सय अंकबाट तल झरेको सेयर बजार पहिलो त्रैमासिक समिक्षामा अड्किएको हो।

नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा लगाएको ४/१२ करोडको सिमालाई सम्वोधन गर्यो भने शेयर बजारले पुनः नयाँ गति लिने अपेक्षा गरिएको छ। अर्कोतर्फ बढ्दो तरलता अभावको समस्यालाई समाधान गर्न नेपाल राष्ट्र बैंकले कस्तो नीति लिन्छ भन्ने कुराले पनि सेयर बजारको गति निर्धारण गर्नेछ।

images

दसैँपछाडि निर्वाचनको समाचारले सुधारिएको सेयर बजारमा त्यस्तै अर्को समाचारको अपेक्षा गरिएको छ। अहिले सेयर खरिद गर्न नसक्ने कोहि पनि छैन। साना ठूला दुबै किसिमका लगानीकर्ताहरू लगानी गर्न सक्ने अवस्थामा छन्। तर उनीहरूमा बजार सुधार हुन्छ भन्ने कन्फिडेन्स बढ्नु पर्छ विज्ञहरू बताउँछन्।

यसका लागि नेपाल राष्ट्र बैंकले लिने नीति र सरकारले चुनावका विषयमा लिने निर्णय र कदमले सबैभन्दा धेरै प्रभावित पार्ने देखिन्छ।

लगानीकर्ताहरूले जति धेरै सकारात्मक समाचारको अपेक्षा गरेका छन् त्यो भन्दा धेरै नकारात्मक सूचनाको सम्भावना पनि उत्तीकै छ। गभर्नर महाप्रसाद अधिकारीले तिहार अगाडी सेजनले आयोजना गरेको एक कार्यक्रममा ४/१२ को सिमा साना लगानीकर्ताको हितमा रहेको भन्दै अडान लिएका थिए। उक्त अभिव्यक्तिले अधिकारी ४/१२ को सिमालाई संसोधन गर्ने पक्षमा छैनन् कि भन्ने अनुमान लगाउन सकिन्छ।

बजार घट्नुको अर्को कारण बैंकिङ तरलतामा तत्काल समाधान हुने कुनै पनि सम्भावना देखिँदैनन्। कतिपय बैंकहरूले नयाँ कर्जा प्रवाहमै रोक लगाइरहेको हल्ला पनि व्याप्त छ। दसैं तिहार पछि नेपालमा घर जग्गाको सिजन सुरु हुन्छ भन्ने गरिन्छ। यदि वास्तवमै घरजग्गामा लगानीकर्ताको आकर्षण बढ्यो भने बैंकिङ तरलता मात्रै नभएर सेयर बजारको तरलता पनि घरजग्गामा प्रवेश गर्नेछ।

अहिलेसम्म सेयर बजारबाट कमाए लगानीकर्ताहरू पनि थोर बहुत घर जग्गा किन्न सुरु गरिसकेका छन्। त्यस्तै कतिपय लगानीकर्ताहरू बजार केहि सुधार होला र बिक्री गरेर घरजग्गामा लगानी गरौला भनेर पर्खिरहेका हुनसक्छन्। यसले गर्दा बजार केहि सुधार हुने वित्तिकै सेलिङ प्रेसर बढ्ने अनुमान लगाउन सकिन्छ।

त्यसैले गर्दा आजैदेखि सेयर बजार कुन गतिमा अगाडी बढ्छ भनेर एकिनका साथ भन्न सक्ने अवस्था छैन। कात्तिक मसान्त नजिकिँदै गर्दा बैंक वित्तीय संस्थाले कर्जा तथा निक्षेपको व्याजदर बढाउन सुरु हुन्छ। व्याजदरको वृद्धिसँगै यसको नकारात्मक प्रभाव सेयर बजारमा अवश्य पर्नेछ ।

के भन्छन विज्ञहरू

बैंक ब्याजदर, बैंकिङ तरलता, सेयर धितोकर्जामा नेपाल राष्ट्र बैंकको कडाइले तल झरेको सेयर बजारलाई चुनावको हल्लाले साथ दिएको छ। बजार करेक्सन हुने पर्ने भएपनि अतिनै तल झरेको र अब फेरि नयाँ रेकर्ड तर्फ अगाडि बढ्को विश्लेषकहरू बताउँछन्। तर बजार बढ्नका लागि अझै बैंकमा रहेको तरलता अभावको समस्या समाधान हुनु पर्ने सेयर विश्लेषक विष्णु प्रसाद बस्याल बताउँछन्।

निरन्तर रुपमा घटेको सेयर बजार बढ्नुमा अहिले नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा लगाएको अंकुश नै हो। अर्को कारण भने चुनावी हल्ला पनि भएको बजार विश्लेषकहरू बताउँछन्। बजारमा तिहारअगाडि कुनै पनि नकारात्मक समाचार आउने अवस्था नरहेको विश्लेषकहरूको बुझाइ छ। तर लगानीकर्ताले लगानी गर्दा भने केही  सोचविचार गरेर गर्नु पर्ने उनीहरूको भनाइ छ।

‘आगामी दिनमा धेरै अंकले पनि नबढ्ने र नियन्त्रित रेसियोको बाटोमा सेयर बजार जाने देखिन्छ। सेयर बजार नियन्त्रित अनुपातमै अघि बढे पनि तल होइन माथि नै जाने देखिन्छ,’ बस्यालले भने, ‘अबको अवस्थामा भने लगानीकर्ता प्यानिक हुनेगरि बजार घट्ने देखिदैँन। कारोबार रकममा खासै सुधार नभए पनि बजारको सेन्टिमेन्ट राम्रो सकारात्मक देखिएको छ।’

यसको एउटा मुख्य आधार भनेको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दैछ। यो पहिलो त्रैमासिक समीक्षाबाट सुधारको टेको लाग्ने आश गर्न सकिन्छ। तर केन्द्रीय बैंकले नीतिमा केही सुधार गरेन भने सेयर बजारमात्र होइन अर्थतन्त्र नै डामाडोल हुने उनको भनाइ छ। अहिलेको अवस्थामा नेपाली अर्थतन्त्रले अतिरिक्त तरलता माग गरेको छ। यसका लागि अहिलेको तुलनामा पैसाको प्रवाह बढाउनुपर्छ। 

‘अहिलेको मुख्य काम भनेको तत्काल तरलताको समस्या समाधान हुनैपर्छ। यति भएपछि समग्र अर्थतन्त्रसँगै सेयर बजारमा पनि राम्रो संकेत देखिनेछ तर अन्ततः परिणाम पनि राम्रो देखिन्छ। सेयर बजारको ओरालो यात्रा लगभग सकिएको छ। 

अझै तल आए पनि यो भन्दा तल आउने अवस्था देखिँदैन, उनले भने। दुई महिना डाउन साइज मुभमेन्टभ आइसकेको छ। यसबाट एउटा स्वभाविक ट्रेन्ड के देखिन्छ भने अहिलेसम्मकै बजारको उच्च बिन्दुलाई उछिन्ने गरी बजारले लय समात्ने उनको बुझाइ छ। माइक्रोफाइनान्स, बिमा र बैंकिङ सेक्टर अब बढ्न सक्ने क्षेत्र हुन्। अहिलेसम्मको सम्भावनाले यही देखाउँछ। 

‘सुधारका लागि सबैभन्दा पहिलो बैंकिङ क्षेत्रमा रहेको तरलता समस्या समाधान हुन पर्छ। बैंकहरू अहिले ऋण दिन सक्ने क्षमतामा छैनन्। राष्ट्र बैंकको सीडी रेसियोले गर्दा ल्याएको समस्या हो। सीडी रेसियोमा जे जति सुधार गर्न सकिन्छ वा राष्ट्र बैंकले कस्तो नीति लिएर आउँछ त्यसमा भर पर्छ,’ उनले भने, ‘ जसरी भए पनि बैंकको तरलता अभाव समस्या सम्बोधन हुन पर्छ। अर्को रेमिट्यान्स रकम पनि कम हुँदै आएको छ।

जसको असर सेयर बजारमा देखिएको छ। रेमिट्यान्स रकममा सुधार भएको अवस्थामा पनि तरलता अभावलाई केही सहजता बनाइदिन्छ। सरकारी लगानीका कामहरू द्रुत गतिमा हुनु पर्छ। यसबाट सरकारले दिने पेमेन्ट छिट्टो रिलिज गरिदिएको अवस्थामा तरलता अभावलाई कम गर्न सहजता हुन्छ।’

अहिले विलासी बस्तुको आयात बढ्दा देशबाट रकम बाहिरिरहेका छ। नेपालले भने आफ्नो ढुकुटी बलियो बनाउन सक्ने अवस्था छैन। रेमिट्यान्सले नै बलियो बनाइरहेका छ। रेमिट्यान्स पनि घटने र आयात बढ्नले हो भने थप समस्या आउन हुनेको भनाइ छ।

अर्को राष्ट्र बैंकले सेयर कर्जामा ल्याएको ४ करोड र १२ करोड नीतिमा संस्थागत लगामी कर्तालाई त्यो सिमा भन्दा बाहिर जान दिनु पर्ने बस्याल बताउँछन। यी काम भएको अवस्थामा सेयर बजार बढ्ने र घट्दा २४ सय भन्दा तल आउने सम्भावन पनि छैन। यो बुललाई एक वर्षसम्मलाई लिएर हेर्ने हो भने ५ हजारको अंकमा बजार पुग्ने बस्यालको तर्क छ।

राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा सेयर धितोकर्जाको ४ र १२ करोडको सीमालाई हटाइदियो र सिडी रेसियोको विषयमा केही संशोधन गरिदियो भने बजारले पुनः सुधारको गति लिने अर्का विश्लेषक  छोटेलाल रौनियार बताउँछन्। यदि नेपाल राष्ट्र बैंकले दुवै एजेण्डामा हेरफेर गरेन भने बजारले खासै सुधारको गति लिन सक्ने अवस्था नरहने उनको भनाइ छ।
 
अझै पनि ठूला लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। साना तथा ठूला लगानीकर्ताले थोरै थोरै मात्रै सेयर खरिद गरिरहेका छन्। धेरै सेयर खरिद गर्दा अहिलेको अवस्थामा जोखिम नै हरेको विश्लेषकहरू बताउँछन्। त्यसैले गर्दा थोरै मात्रै जोखिम लिने मुडमा लगानीकर्ता छन्।

‘विगतको ३२ सय अंक र २२ अर्ब रुपैयाँ हाराहारीको कारोबार तोड्दै बजार अगाडि बढ्छ। तर आजको भोलि नै हुन्छ भन्ने कुरा रहँदैन। हामीले हेर्दा ठूलो रेकर्ड जस्तो लाग्छ,’ उनले भने, ‘  बजार सुधारका लागि ४ करोड र १२ करोडको सिमा हटाउनु पर्छ।’

लगानीकर्ताहरूमा अनुभव नहुँदा बढी डराएका उनको भनाइ छ।लगानी कर्ताले कम्पनीको विगतदेखि सबै विवरण हेरेर राम्रोमा लगानी गर्नु पर्ने र विस्तारै बजारले लय समात्ने उनको भनाइ छ।

'२२ अर्ब र ३२ सयको अंकभन्दा माथि जान्छ, लगानीकर्ता पनि थपिँदै जान्छन्,’ रौनियारले भने, ‘अंक पनि बढ्दै जान्छ। नियमहरू बनाउँदा नयाँ बाटाहरू हेरेर बनाउनु पर्छ। पुरातनवादी विचारले सेयर बजारलाई हेने हो भने फेरि दुर्घटना हुन्छ। नयाँ विचारधारले हेर्नुपर्छ। बिलासीको विषयमा पनि हौवा फैलाइएको छ।’


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८००:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend