शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

अब २० लाख ९९ हजार रुपैयाँमा  पाइने भयो वुलिङ एयर ईभी, सीमित समयमा लागि खुल्यो बुकिङ 

भक्तपुर राधेराधे शोरुममा विशेष अफर

images
आइतबार, असार १० २०८०
images
अब २० लाख ९९ हजार रुपैयाँमा  पाइने भयो वुलिङ एयर ईभी, सीमित समयमा लागि खुल्यो बुकिङ 
images
images

काठमाडौं- विश्वमै सबैभन्दा बढी बिक्री हुने मध्येको एक विद्युतीय कार वुलिङ एयर ईभी को बुकिङ खुला भएको छ। नेपालमा सो विद्युतीय ब्रान्डको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभीको बुकिङ खुला गरेको हो। 

images
images
images

ईभी नेपाल मोटर्सले पहिलेदेखि नै नेपाली बजारमा लेभ्निङ ब्रान्डका विद्युतीय स्कुटरसमेत बिक्री गरिरहेको छ। ईभी नेपाल मोटर्सको दोस्रो वार्षिकोत्सवको अवसरमा सो गाडीको मूल्य समायोजन गरेर २० लाख ९९ हजार रुपैयाँमा बुकिङ खुला गरेको कम्पनीले जनाएको छ। 

images
images

योभन्दा पहिले नेपाली बजारमा दुई भेरिएन्टमा सो गाडी उपलब्ध हुने गरी यसको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य थियो। तर हाल एउटा भेरिएन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँमै बुकिङ खुला गरिएको हो। 

images
images

हाल प्रमोसनल अफरको रुपमा सो मूल्यका साथ बुकिङ प्रारम्भ गरिएको कम्पनीको भनाइ छ। यसका साथै ग्राहकले ५० हजार रुपैयाँसम्मको एसेसरिजसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ। यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ। 

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियामा लोकप्रिय रहेको विद्युतीय कार हो।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा यो विद्युतीय कार निर्माण भएको हो। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन्। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक कार हो।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा कम्छपनीले गरेको छ।


प्रकाशित : आइतबार, असार १० २०८०१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend