बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नेपाल टेलिकमको एफटीटीएच सेवाका लागि यसरी गर्न सकिन्छ माग दर्ता

images
आइतबार, असार १० २०८०
images
images
नेपाल टेलिकमको एफटीटीएच सेवाका लागि यसरी गर्न सकिन्छ माग दर्ता

एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ।  

images
images

काठमाडौं- नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररुपमा गरिरहको छ।

images
images

सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८-१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सक्ने टेलिकमले जनाएको छ।

images
images

ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनका अनुसार नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ।

images
images

यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ। 

एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ।  


प्रकाशित : आइतबार, असार १० २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend