सोमबार, वैशाख १७ गते २०८१    
images
images

आन्तरिक उडानमा सफल भएनन् जेट जहाज 

images
images
images
आन्तरिक उडानमा सफल भएनन् जेट जहाज 

स्थापना भएर सेड्युल उडान नगर्दै उठ्नै नसक्नेगरी धरासायी भएको सौर्य आजसम्म दुईपटक खरिद बिक्री भइसकेको छ। बहुमत सेयरको खरिद बिक्री भएर दुईपटक लगानीकर्ता भित्रिँदा पनि यसले पार पाउन भने सकेन। 

images
images

काठमाडौं- आन्तरिक उडानमा फरक पहिचान बनाउने भन्दै आएको सौर्य एयरलाइन्स अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको छ। स्थापना भएको एक दशकसम्म पनि अघि बढ्न नसकेपछि सौर्य चरम आर्थिक संकटमा फसेको छ। 

images
images
images

भएका जहाजबाट लामो समय नियमित उडान गर्न नसक्ने भन्दै कर्मचारी कटौतीको सूचना टाँस गरेको सौर्य एयरलाइन्स बन्द हुने अवस्थामै पुगेको छ। 

images

स्थापना भएर सेड्युल उडान नगर्दै उठ्नै नसक्नेगरी धरासायी भएको सौर्य आजसम्म दुईपटक खरिद बिक्री भइसेको छ। बहुमत सेयरको खरिद बिक्री भएर दुईपटक लगानीकर्ता भित्रिँदा पनि यसले पार पाउन भने सकेन। 

images

कोरोना महामारी सुरू हुनअघि नै नियमित उडान बन्द गरेको सौर्यमा पछिल्लो समय भारतीय लगानीकर्ता कुबेर समूह भित्रिएको थियो। तर यो समूहले पनि सम्हाल्न नसकेपछि अहिले एयरलाइन्स धेरैजसो नियमित उडान गर्न नसक्ने अवस्थामा पुगेको छ। 

images
images

नेपालमा जेट इन्जिन जहाजबाट सौर्य एयरलाइन्सले आन्तरिक उडान सुरू गरेको थियो। बम्बार्डियरका सीआरजे सिरिजका तीनवटा जहाजबाटै बजारमा राम्रो हिस्सा ओगट्दै गएपनि कम्पनीले वित्तीयरुपमा आफूलाई बलियो बनाउनै सकेन। सौर्यले अब सीआरजेका जहाजबाट उडान गर्न नसक्ने प्रष्ट पारिसकेको छ।

फरक अनुभवसहितको सेवा दिने भन्दै जेट जहाजबाट आन्तरिक उडान सुरू गरेर पनि सफल नभएको सौर्यमात्र होइन। श्री एयरलाइन्सले पनि जेट इन्जिन जहाजबाट आन्तरिक उडान सुरू गरेको थियो। श्री एयरलाइन्सले बम्बार्डियरकै टर्बोपप जहाजको संख्या बढाउँदै जेटको संख्या घटाउँदै आएर अहिले नियमित उडानमा ‍एउटामात्र रहेको छ। 

लामो समयदेखि हेलिकप्टर सेवा दिएकोमात्र होइन नेपालभर सञ्जाल र अनुभव भएकै श्रीले पनि जेट जहाजलाई आन्तरिक उडानमा धेरै बढावा दिन सक्ने अवस्थामा रहेन। श्रीले सीआरजे जहाजलाई बम्बार्डियरकै क्वू ४०० सिरिजका जहाजबाट प्रतिस्थापन गर्दै आएको छ। 

यी दुई एयरलाइन्सभन्दा पहिला कस्मिक एयरले पनि फोकरबाट आन्तरिक उडान सुरु गरेको थियो तर कस्मिकको असफलता तत्कालीन समय तथा बजार भएपनि अहिलेका जेट जहाजको असफलताको कारण प्राविधिक तथा व्यवस्थापकीय हो। 

टर्वोपप इन्जिन जडित जहाजको तुलनामा छिटो गन्तव्यमा पुग्नेसक्ने हुन्छन् जेट जहाज। काठमाडौंबाट भैरहवाको उडानमा एटीआर तथा बिचक्राफ्टको तुलनामा १० देखि १५ मिनेट छिटो पुग्छ। एउटै गन्तव्यमा अरुको तुलनामा छिटो पुग्दा यसले थोरै लागतमा धेरै यात्रु बोक्ने विश्वास गरिन्छ। 

गन्तव्य त छिटो पार गर्छन् यस्ता जहाजले तर जहाजको मुख्य कुरा जोडिएको हुन्छ लाइफ साइकलसँग। कुनै पनि जहाज कति माइलको यात्रा पार गर्‍यो भन्नेभन्दा पनि कति पटक उडान र अवतरण भयो भन्ने कुराले त्यसको अनिवार्य मर्मत सम्भारको आवश्यकता माग गर्छ। 

जहाजको एउटा मुख्य लागत यसले तय गर्छ। ‘उस्तै भाडामा उति नै यात्रु बोक्ने तर मर्मतसम्भारमा जेट जहाजको खर्च धेरै हुन्छ भनेपछि यसको लाभ एयरलाइन्सले पाएनन्’ एक एयरलाइन्सका म्यानेजर भन्छन्। 

आर्थिक संकटमा सौर्य एयरलाइन्स, कर्मचारी कटौतीदेखि सीआरजे जहाज नउडाउने घोषणा आर्थिक संकटमा सौर्य एयरलाइन्स, कर्मचारी कटौतीदेखि सीआरजे जहाज नउडाउने घोषणा

छिटो उड्न सक्ने भएपनि हवाई ट्राफिक जामका कारण जहाजहरू समयमै अतवरण गर्न पाउँदैनन्। यही कारणले एटीआरसँगै नै पुग्छन्। समय बराबर हुनेवित्तिकै उडान लागतमा फरक परिहाल्छ। समय बराबर हुनेवित्तिकै जेटले स्वभाविक रुपमा इन्धन धेरै खपत गर्छ, उडान लागतको ६० प्रतिशत हिस्सा इन्धनले नै लिन्छ।

एटीआर जहाजले ७२ जना यात्रु बोकेर काठमाडौं आउँदा ३५ मिनेट लगाउने ठाउँमा सौर्यको को जहाजले ५० यात्रु बोकेर २५ मिनेटमै पुग्छ। तर आकाश होल्ड हुँदा सीआरजेलाई पनि ३५ नै लाग्छ। जसको कारण इन्धनमा खर्च धेरै हुन्छ।

छोटो रुट भएका गन्तव्यमा उडान गर्दा पनि जेट जहाज अपेक्षित रूपमा सफल भएनन्। धेरै इन्धन खपत हुने, मर्मतसम्भार खर्चिलो तथा छोटो गन्तव्य भएकाले न्यून भाडामा यी जहाजले प्रतिस्पर्धा गर्न सकेनन्। 

जेट जहाजको एकमात्र लाभ छिटो यात्रा तय गर्ने हो जुन ट्राफिकका कारणले गर्दा हुँदै भएन। त्यसमाथि धेरै इन्धन खर्च गर्ने भएकाले लागत बढायो र छोटो दुरीका कारणले गर्दा लाइफ साइकल छिटो सकिने र खर्चिलो मर्मत सम्भारले गर्दा कम्तिमा अहिलेका सीआरजेका जेट जहाज सफल नभएको व्यवसायीहरू बताउँछन्। 

अर्को कारण भनेको बम्मार्डियर सीआरजे २०० सिरिजका जहाज इन्धन किफायती मानिँदैनन्। सस्तो इन्धन भएको समयमा विश्वमा बजार लिएका यी जहाज अहिले नेपाल बाहिर पनि व्यावसायिक रुपमा सफल छैनन्।

images

प्रकाशित : मंगलबार, असार १२ २०८००१:२२

प्रतिक्रिया दिनुहोस