बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम

images
आइतबार, कात्तिक २१ २०७८
images
images
नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम

गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ। 

images
images

काठमाडौं- नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले उपत्यका बाहिर नयाँ सोरुम सुरु गरेको छ। गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ। 

images
images
images

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ-नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्। उद्घाटनका क्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए। 

images
images

त्यसैगरी, एमएडब्लू ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उनीहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए। ‘हामीलाई आशा छ यो डिलरसिपले जिप परिवारमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने। 

images
images
images

Jeep 2.jpg

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लू लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ। जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ। 

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ। यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको दाबी कम्पनीको छ।

त्यसैगरी, गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए। 

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ। यो गति पूरै वर्ष कायम हुने अपेक्षा कम्पनीले गरेको छ। 


प्रकाशित : आइतबार, कात्तिक २१ २०७८०८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend