बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

प्रदेश १ मा निर्माणाधीन राष्ट्रिय राजमार्गको काम कति 

images
आइतबार, कात्तिक २१ २०७८
images
images
प्रदेश १ मा निर्माणाधीन राष्ट्रिय राजमार्गको काम कति 

प्रदेश १ मा निर्माणाधीन राष्ट्रिय राजमार्गहरुकाे कुल लागत ५५ अर्ब ५० कराेड रुपैयाँ अनुमान गरिएकाे छ। ताेकिएकाे समयमा आयाेजना नसकिने समस्याले लागत बढ्ने गरेकाे छ। 

images
images

काठमाडौं- प्रदेश नम्बर १ सँग जोडिएका राष्ट्रिय राजमार्गको निर्माणले केही गति लिएको छ। प्रदेशमा ४ वटा राष्ट्रिय राजमार्ग जोडिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०७७/७८ वार्षिक प्रतिवेदअनुसार सबैभन्दा बढी प्रगति पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा भएको छ। 

images
images

प्रदेश १ मा निर्माणाधीन राष्ट्रिय राजमार्गहरूकाे कुल लागत ५५ अर्ब ५० कराेड रुपैयाँ अनुमान गरिएकाे छ। ताेकिएकाे समयमा आयाेजना नसकिने समस्याले लागत बढ्ने गरेकाे छ। 

images
images

मध्य पहाडी लोकमार्ग

images
images

मध्यपहाडी लोकमार्गको ५७३ किमि भाग प्रदेश १ मा रहेको छ। दुई खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको छ। 

यस लोकमार्गको पहिलो खण्ड पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुरमा पर्दछ। २०६९ बैशाखबाट निर्माण सुरु भएको यस खण्डको कुल लम्बाइ ३३ किलोमिटर तथा कुल अनुमानित लागत ८ अर्ब ९० करोड रुपैयाँ रहेको छ। 

२०७९ माघसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डको २०७८ असार मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगती क्रमशः ६८ प्रतिशत तथा ६५ प्रतिशत रहेको छ। 

त्यसैगरी, यस लोकमार्गको दोस्रो खण्ड खोटाङ, ओखलढुंगा र उदयपुरमा पर्दछ। २०७१/७२ बाट निर्माण सुरु भएको यस खण्डको कुल लम्बाइ १९०.२८ किलोमिटर रहेको छ। २०७८/७९ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डको २०७८ असार मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगती क्रमशः ५२.९ प्रतिशत तथा ५२.७ प्रतिशत रहेको छ। यस खण्डको कुल अनुमानित लागत २ अर्ब ८ करोड रुपैयाँ रहेको छ। 

मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्ग (भित्रि तराई लोकमार्ग) दुई खण्डमा निर्माण कार्य भइरहेको छ। लोकमार्गको पहिलो खण्ड सुनसरी, मोरङ, झापा र इलामइलामा पर्दछ।

२०७६/७७ बाट निर्माण सुरु भएको यस खण्डको कुल लम्बाई १३५ किमि रहेको छ। २०८१/८२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डको काम २०७८ असार मसान्तसम्म भौतिक तथा वित्तीय प्रगती क्रमशः १२ प्रतिशत तथा ११ प्रतिशत रहेको छ। 

लोकमार्गको दोस्रो खण्ड प्रदेश नं. १ को उदयपुर र बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्दछ। कुल लम्बाई १३५ किमि रहेको लोकमार्गको यस खण्डको निर्माण कार्य २०७३/७४ बाट सुरु भई २०७७/७८ मा सकिएको छ। 

हुलाकी राजमार्ग

हुलाकी राजमार्ग प्रदेश १ को झापा, मोरङ र सुनसरी तथा प्रदेश २ को सप्तरी जिल्ला अन्तर्गत रहेका पहिलो खण्डको कुल लम्बाई ३१३ किलोमिटर रहेको छ। साथै, यस खण्ड अन्तर्गत २६ वटा पुल रहेका छन्। 

यस खण्डको निर्माण कार्य २०६६/६७ बाट भएको हो। २०७९/८० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डको २०७८ असार मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ६५ प्रतिशत तथा ६१ प्रतिशत रहेको छ। यस खण्डको कुल अनुमानित लागत १४ अर्ब रुपैयाँ रहेको छ।

उत्तर-दक्षिण लोकमार्ग

उत्तर-दक्षिण (कोशी कोरिडोर) लोकमार्ग दक्षिणमा जोगवानीदेखि बसन्तपुर, खाँदबारी हुदै उत्तरी सीमाना किमाथांका जोड्ने राष्ट्रिय गौरवको आयोजनाको लम्बाई ३९० किमि रहेको छ। हाल यस सडक योजनाको कार्यक्षेत्र भित्र संखुवासभाको खाँदबारीदेखि उत्तरी सीमा किमाथांकासम्मको कुल १६२ किमिमात्र पर्दछ। 

आव २०६५/६६ बाट निर्माण सुरु भएको यस आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ। २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको २०७८ असार मसान्तसम्म भौतिक तथा वित्तीय प्रगति क्रमशः २४ प्रतिशत र २२.१ प्रतिशत रहेको छ।

रानी-विराटनगर-इटहरी-धरान सडक आयोजना

यस आयोजनाको निर्माण कार्य आव २०६९/७० बाट सुरु भएको थियो। कुल लम्बाई ४९ किमि रहने यस ६ लेन सडक आयोजनको कुल अनुमानित लागत १० अर्ब रुपैयाँ रहेको छ।

आव २०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको २०७८ असार मसान्तसम्म भौतिक तथा वित्तीय प्रगति क्रमशः ७५ प्रतिशत तथा ७० प्रतिशत रहेको छ।

कोशी-तमोर कोरिडोर सडक

कोशी तमोर कोरिडोर सडक आयोजनको निर्माण २०७४ फागुनबाट सुरु भइ २०७८ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

सुनसरी, धनकुटा तथा पाँचथर जिल्ला अन्तर्गत पर्ने यस आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २७ करोड रहेको छ। २०७८ असार मसान्तसम्ममा यस आयोजनाको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९५ प्रतिशत तथा ९४ प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, कात्तिक २१ २०७८०८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend