आइतबार, मंसिर ९ गते २०८१    
images
images

थप २० अर्ब बैंकिङ प्रणालीबाट खिच्दै राष्ट्र बैंक 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १० २०८०
images
images
थप २० अर्ब बैंकिङ प्रणालीबाट खिच्दै राष्ट्र बैंक 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता धेरै वा थोरै हुँदा दुई उपकरण परचालन गर्छ। तरलता थोरै हुँदा रिपो जारी गरेर बैंकहरूलाई निक्षेप प्रवाह गर्छ भने धेरै हुँदा रिभर्स रिपो मार्फत् पैसा खिच्छ। 

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पैसा खिच्न सुरू गरेको छ। गएको साता १० अर्ब रुपैयाँ बजारबाट खिचेको राष्ट्र बैंकले आजल फेरि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ। 

images
images
images

राष्ट्र बैंकले असार १० गतेदेखि १७ गतेसम्मका लागि २० अर्ब रुपैयाँ बजारबाट खिच्च लागेको हो। राष्ट्र बैंकले रिभर्स रिपोमार्फत  आज २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो छ। 

images

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता धेरै वा थोरै हुँदा दुई उपकरण परचालन गर्छ। तरलता थोरै हुँदा रिपो जारी गरेर बैंकहरूलाई निक्षेप प्रवाह गर्छ भने धेरै हुँदा रिभर्स रिपोमार्फत् पैसा खिच्छ। 

images

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन  गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो । यसमा बैंकहरूले तोकिएको न्यूनतम रकम कबोल गर्छन्  र त्यसको ब्याजदर दाबी गर्छन्। 

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ। शुक्रबारसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ५५ खर्ब ६७ अर्ब निक्षेप पुगेको छ भने ४८ खर्ब ५६ अर्ब ऋण परिचालन भएको छ। पछिल्लो समय ऋणको माग न्यून भएपछि तरलता थुप्रिँदै गएको छ। 

यसअघि असार ७ गते राष्ट्र बैंकले  बोलकबोलमार्फत १० अर्ब रुपैयाँ तानेको थियो। यो हिसाबले पछिल्लो सात दिनमै राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो। यसअघिको बोलकबोलमा ३.०१ प्रतिशत ब्याजदर कायम भएको थियो। 


प्रकाशित : आइतबार, असार १० २०८००४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend