शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

५ चामल उत्पादन उद्योगमा पौने ३ अर्बको लगानी हुँदै, कुन उद्योगमा कति?

images
शनिबार, असार ९ २०८०
images
images
५ चामल उत्पादन उद्योगमा पौने ३ अर्बको लगानी हुँदै, कुन उद्योगमा कति?

चालु आर्थिक वर्षको ११ महिनामै ५ चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- नेपालमा धानको उत्पादनमा खासै सुधार नआए पनि चामल उद्योगमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। चालु आर्थिक वर्षको ११ महिनामै ५ चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ।

images
images

उद्योग विभागका अनुसार ११ महिनामा ५ वटा चामल र उत्पादन उद्योगमा २ अर्ब ८५ करोड रूपैयाँको लगानी प्रतिबद्धतासँगै तीनवटा चामल उत्पादन उद्योग दर्ता भएका छन्। जसमा २० करोडको लगानीमा रुपन्देहीमा राइजिंग सन एग्रो इन्डष्ट्रिज प्रालि दर्ता भएको छ। उद्योगमा शतप्रतिशत नेपाली लगानी रहनेछ।

images
images

उद्योगमा ८३ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। उद्योगले वार्षिक ४६ सय मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ। साथै उद्योगले चामलबाटै बन्ने विभिन्न वस्तु उत्पादन गर्ने लक्ष्य लिएको छ।

images
images

यसैगरी ६२ करोड रूपैयाँको लगानीमा बाँकेको नेपालगञ्जमा वार्षिक ३० हजार मेट्रिक टन भन्दा बढी चामल उत्पादन गर्ने गरी ग्लोबल फुड पार्क प्रालि दर्ता भएको छ। उद्योगको दर्ता विवरणमा १ सय ४० जनाले रोजगारी पाउने उल्लेख छ।

रुपन्देहीमै ४९ करोड १३ लाख ७५ हजार रूपैयाँको लगानीमा वार्षिक ४० हजार मेट्रिक टन चाम उत्पादन गर्ने गरी जयहरि एग्रो प्रालि दर्ता भएको छ। उद्योगमा ३९ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागका अनुसार ६२ करोड २२ लाख रूपैयाँको लागनीमा कैलालीमा पनि चामल उत्पादन उद्योथग स्थापना हुने भएको छ। चालम उद्योग स्थापनाका लागि ओम फुड्स प्रालि कम्पनी उद्योग विभागमा दर्ता भएको छ।

उद्योग कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा सञ्चालन हुनेछ। वार्षिक ७२ हजार मेट्रिक टन चामल उत्पादन हुने गरी दर्ता भएको हो। सत प्रतिशत नै नेपाली लगानी रहेको उद्योगमा ६६ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

यसैगरी ९२ करोड रूपैयाँको लगानीमा हिमालयन सोलभेन्ट्स प्राली उद्योग विभागमा दर्ता भएको छ। यो उद्योगले तेल र चामल उत्पादन गर्नेछ। उद्योग वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा सञ्चालन हुनेछ। शतप्रतिशत नेपाली लगानी रहेको उद्योगमा १ सय ९८ जनाले रोजगारी पाउने छन्।


प्रकाशित : शनिबार, असार ९ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend