शनिबार, वैशाख २२ गते २०८१    
images
images

बसाइँसराइ रोक्न सामूहिक गाईपालन

images
images
images
बसाइँसराइ रोक्न सामूहिक गाईपालन

गल्याङ नगरपालिका-९, गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन्। यहाँका युवाको सल्लाहअनुसार गाउँमा खाली बसेका गाईपालन, बाख्रापालन, तरकारी खेतीलगायतका उद्यममा जोडिएर अर्थोपार्जन गरिरहेका छन्।

images
images

गल्याङ- बसाइँसराइले गाउँ रित्तिन थालेपछि स्याङ्जाका युवाले ‘गाउँ बसौँ, गाउँ फर्कौं’ अभियान थालनी गरेका छन्।

images
images
images

गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगार, खानेपानी, सडक लगायतको असुविधाका कारण बसाइँसराइ बढ्न थालेपछि गाउँघर शून्य बन्न थालेको थियो। गल्याङ नगरपालिका-९, गेझाका युवाले स्वरोजगार सिर्जना गरेर सबैको आर्थिक स्थितिमा सुधार गर्ने र गाउँलेलाई गाउँमै अड्याउन सामूहिक गाईपालन गरेका छन्।

images

चार युवा कुसुम भण्डारी, विष्णु भण्डारी, तारा भण्डारी र प्रेम भण्डारीको सक्रियतामा सञ्चालित मुरी एग्रो गाई फार्म प्रालि, म्युजिकल होमस्टे, संगीत समूह एवं पाठशाला, युवा जागरण कृषि सहकारी, कालिका भगवती मन्दिर पर्यटकीय योजना, साना तथा मझौला व्यवसायबाट धेरै जना स्वरोजगार बनेका छन्।

images

गाईपालनमा लागेका युवाले धेरैभन्दा धेरै युवालाई जन्मथलोमा स्वरोजगार बन्न प्रेरणा दिने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्यका लागि सरोकारवाला निकायसँग पहल गर्दै आएका छन्। यहाँका युवाको सल्लाहअनुसार गाउँमा खाली बसेका गाईपालन, बाख्रापालन, तरकारी खेतीलगायतका उद्यममा जोडिएर अर्थोपार्जन गरिरहेका छन्।

images
images

अढाइ वर्ष पहिले सञ्चालित मुरली एग्रो फर्म प्रालि उदाहरणीय भएपछि अध्ययन अवलोकानको थलो बनेको छ। चार युवाले ३० लाख रूपैयाँको लगानी गरेर १३ गाईबाट व्यवसाय सुरु गरेका थिए। हाल फार्ममा होलिस्टन र जर्सी क्रस जातका २८ गाई छन्।

दुहुना पाँच, ब्याउनी ११, उन्नत साढे एक, सानो साँढे एक बाँकी बाच्छाबाच्छी र साँढे नलगाएका गाई छन्। मुरली एग्रो फार्मका सञ्चालक कुसुम भण्डारीले हिउँद बर्खा, ७० देखि एक सय ५० लिटरसम्म दैनिक दूध उत्पादन हुने बताए। उनले मासिक डेढ लाखदेखि तीन लाख रूपैयाँको दूध बिक्री हुने गरेको बताए।

गेझा कालिका भगवती मन्दिर निर्माण समितिका अध्यक्षसमेत रहेका कुसुमले भौगोलिक विकटाता र अनुभवको कमीले सुरुवाती चरणमा समस्या झेल्नुपरे पनि पछिल्लो समय सहज हुँदै गएको बताए।

अर्का सञ्चालक विष्णुले बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि युवाको सक्रियतामा गाईपालन, घरबास, संगीत पाठशाला, कृषि सहकारीलगायतका कार्यक्रम सञ्चालन गरेको बताए। 'गाउँ बसौँ, गाउँ फर्कौं कार्यक्रमअन्तर्गत बसाइँ सरेर गएकालाई गाउँ फर्काउने अभियानसहित गाईपालन सुरु गरेका हौँ', उनले भने, 'गाउँमा भएका प्रत्येक युवालाई कुनै न कुनै उद्यममा जोडिन प्रेरणा दिएका छौँ, फलस्वरुप गाउँमा उद्यम गर्नेहरु बढ्न थालेका छन्।'

घरबासमार्फत बाहिरका मान्छेलाई गाउँमा भित्र्याउने गरेको उनले बताए। विष्णुले भने, 'आएका पाहुनालाई संगीतले स्वागत गर्दै दूधका परिकार, स्थानीयस्तरका जैविक खाना खुवाउने गरेका छौँ।'

अहिले फार्म अवलोकनसहित घरबासमा बस्न आउनेको संख्या बढ्दो छ। यहाँ गाई फार्मको अवलोकन, गेझा कालिका भगवती मन्दिरको दर्शन, संगीतमा रम्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। 'बसाइँसराइको क्रम डरलाग्दो थियो', उनले भने, 'युवा जागरणपछि गाउँमा आर्थिकउपार्जन गर्ने बढेका छन्, दुई अढाई वर्ष भयो बसाइँसराइ रोकिएको छ।'

नगरपालिकाका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले एग्रो फार्मका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर रु १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, उन्नत जातको साँढे, गँडेउला मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, उपचारलगायतका सहयोग गरेको बताए।

फार्मले जागरण कृषि सहकारी संस्था लिमिटेडमार्फत गाई पकेट कार्यक्रमअन्तर्गत करिब २५ लाख रूपैयाँ अनुदान लिएको अर्यालको भनाइ छ। उनले अघिल्लो वर्ष दूध चिस्याउन, कुराउनी, खुवा बनाउने मेसिन सहयोग गरेकोसमेत अर्याल बताए।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले अमेरिकाबाट प्राविधिक तथा प्रशिक्षक ल्याएर कृषकलाई तालिम, पशुको स्वास्थ्य परीक्षणलगायतका काम नगरपालिकाले गरिरहेको बताए। उनले नमुना कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासो टिपोट गर्ने र सल्लाह दिने गरिएको बताए। कृषकले ५० प्रतिशत नभएर शतप्रतिशत अनुदानको व्यवस्था गरिदिन सरोकारवालासँग आग्रह गरेका छन्। रासस

images

प्रकाशित : शनिबार, असार ९ २०८००९:२९

प्रतिक्रिया दिनुहोस