आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चट्याङ लागेर ४५ भेडा मरे

images
शनिबार, असार ९ २०८०
images
चट्याङ लागेर ४५ भेडा मरे
फाइल तस्बिर

११ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्। 

images
images
images

अन्नपूर्ण-३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्। अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिए।

images
images

‘बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ’, उनले भने, ‘चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।’

images
images

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका-४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए। ११ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। रासस 


प्रकाशित : शनिबार, असार ९ २०८००५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend