सोमबार, जेठ ७ गते २०८१    
images
images

लेकाली किसानको रोजाइमा भेडापालन, वार्षिक ९ लाखसम्म आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ८ २०८०
images
images
लेकाली किसानको रोजाइमा भेडापालन, वार्षिक ९ लाखसम्म आम्दानी
images
images

भोजपुर- भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन्। पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए।

images
images
images

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, मोही, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिने उनको भनाइ छ। त्यस्तै ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत पनि किसानको आम्दानीको स्रोतका रुपमा रहेको छ। एक कृषकले यो व्यवसायबाट वार्षिक पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको बस्नेतले जानकारी दिए।

images

'भेडापालनबाट वार्षिक रुपमा पाँचदेखि नौ लाखसम्म आम्दानी हुन्छ', उनले भने, 'भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ, यहाँ उत्पादन भएको भेडाजन्य सामग्रीको देशका विभिन्न ठाउँबाट माग हुने गरेको छ।' औषधिका रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताए। भेडाको घ्यूलाई डढेको घाउको खतलाई हटाउनका लागि राम्रो मानिने उनको भनाइ छ।

images
images

भेडाको घ्यू प्रतिकिलो चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने उनले जानकारी दिए। त्यस्तै ऊनप्रति किलो सात सय र मासु प्रतिधार्नी एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने कठेतले बताए। भेडापालन व्यवसायलाई निरन्तरता दिन सके राम्रो आम्दानी गर्न सकिने किसान उनको भनाइ छ।

images
images

'यो व्यवसायमा दुःख अलि बढी छ, दुःख अनुसारको आम्दानी हुन्छ', किसान कठेतले भने, 'खास गरेर भेडाको घ्यूसँगै मासुको माग धेरै छ, भेडाको घ्यू औषधि पनि हुन्छ, भेडाको बल्याक्ख्रा ९बोका० को पनि माग धेरै छ।' यहाँका एक कृषकसँग एक सय ५० सम्म भेडा रहेको उनले जानकारी दिए। धेरै भेडा हुनेले वर्षमा आठदेखि १० लाखसम्म आम्दानी गर्ने कृषक कठेतले बताए।

'भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ', उनले भने, 'एक सय ५० देखि दुई सयसम्म भेडा पाल्दा आठ/दश लाखसम्म आम्दानी लिन सकिन्छ।' यहाँका किसानले उत्पादन गरेको घ्यू, राडी, पाखी, लुकुनीलगायत वस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ।

पछिल्लो समय युवा पुस्तासमेत भेडापालनमा आकर्षित भएको कृषक कठेतको भनाइ छ। विदेश गएर आएका युवाहरुले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको उनले जानकारी दिए। 'युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ', कठेतले भने, 'गाउँका कतिपय युवा विदेशमा कमाई गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन्।'

मैयुङ डाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको उनले जानकारी दिए। प्रशस्त चरण क्षेत्र भएका कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनका लागि उपयुक्त स्थान मानिन्छ। यो समयमा भेडा माथिल्लो भेगको चरण क्षेत्रमा रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिए।

चिसो मौसममा तल्लो भेगमा झारे पनि बर्सात अर्थात् तातो याम सुरु भएपछि भेडालाई माथिल्लो भेगमा लगिने किसान राईको भनाइ छ। धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

'यो एउटा परम्परागत पेसा हो', कृषक राईले भने, 'धेरै ठाउँमा भेडापालन व्यवसाय लोप हुने अवस्थामा पुगेको अवस्था पनि छ, धेरै दुःख कष्टका साथ पुख्र्यौली पेसालाई धानेका छौँ, तर राज्यको ध्यान गएको छैन, राज्यले यस्ता पेसा व्यवसायको संरक्षण ध्यान दिन आवश्यक देख्छु।'

भेडा बिरामी हुँदा औषधि उपचारका लागि भने समस्या हुने गरेको उनको भनाइ छ। राज्यले किसानहरुको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उनको भनाइ छ। चरण क्षेत्रमा हुँदा उपचारको अभावमा भेडा मर्ने गरेको किसान राईको भनाइ छ। 

आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको भेडापालक कृषक नुर्वु शेर्पाले बताए। सामुदायिक वनका कारण चरणका लागि समस्या हुने गरेको उनको भनाइ छ। त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताए। भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायत रोगले धेरै दुःख दिँदै आएको उनको भनाइ छ।

'आम्दानी हुन्छ, तर भेडापालनमा चुनौती पनि छ', कृषक शेर्पाले भने, 'विभिन्न वन्यजन्तुले भेडा मार्ने डर हुन्छ, चरण क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिन्छन्, यहाँ चराएबापत एक भेडीगोठको एक हजारदेखि पाँच हजारसम्म तिनुपर्छ।' रासस


प्रकाशित : शुक्रबार, असार ८ २०८००८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend