शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

फोर्डले विद्युतीय कार बनाउन सरकारबाट पायो ९.२ अर्ब डलर ऋण

images
शुक्रबार, असार ८ २०८०
images
फोर्डले विद्युतीय कार बनाउन सरकारबाट पायो ९.२ अर्ब डलर ऋण

यो ऋण लगानी हुँदा दुई राज्यमा बन्ने ब्याट्री प्लान्टमा ५ हजार निर्माण रोजगारी सृजना हुनेछ। समग्रमा फोर्डको यो परियोजनामा ७ हजार ५ सय जनाले रोजगारी पाउने उर्जा विभागले जनाएको छ। 

images
images

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी फोर्डले ९.२ अर्ब अमेरिकी डलर ऋण लिने भएको छ। उक्त ऋण फोर्ड र दक्षिण कोरियाली ब्याट्री उत्पादक एसकेले विद्युतीय सवारी र ब्याट्री उत्पादनमा खर्च हुनेछ। 

images
images
images

अमेरिकी उर्जा विभागबाट फोर्डका लागि ९.२ अर्ब डलर ऋण स्वीकृत भएको हो। अमेरिकी राष्ट्रपति जो वाइडेनले विद्युतीय सवारीको उत्पादन बढाउन विभिन्न स्किमहरुको घोषणा गरेका छन्। 

images
images

फोर्ड र एसकेले यसअघि नै विद्युतीय सवारी र ब्याट्री उत्पादनमा सहकार्य गर्ने सम्झौता गरिसकेका छन्। सोहीअनुृसार यी दुई कम्पनीले ३ वटा ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्ने छन्। तीन प्लान्ट मध्ये दुई वटा केन्टकी र एउटा टेनिसीमा स्थापना हुनेछ। 

images
images

फोर्डले २०२१ मै दुई वटा राज्यमा ब्याट्री प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो। त्यतिबेला फोर्डले यो परियोजनामा कुल ११.४ अर्ब डलर लगानी गर्ने बताएको थियो। यो लगानी भइसक्ने फोर्ड विद्युतीय सवारीमा ठूलो लगानी गर्ने मध्ये पहिलो अमेरिकी कम्पनी हुनेछ। फोर्ड १९०३ मा स्थापना भएको सवारी उत्पादक कम्पनी हो।

फोर्डले लिन लागेको ९.२ अर्ब ऋणका लागि विभिन्न सर्तहरु भने छन्। उक्त सर्त फोर्ड तथा उर्जा विभाग दुवैले पालना गर्नुपर्ने छ। सर्तहरु पूरा हुँदा फोर्डले सबै ऋण बराबरको रकम खर्च गर्न असमर्थ हुने अनुमानसमेत गरिएको छ। 

rambha gapa.jpg

यो ऋण लगानी हुँदा दुई राज्यमा बन्ने ब्याट्री प्लान्टमा ५ हजार निर्माण रोजगारी सृजना हुनेछ। समग्रमा फोर्डको यो परियोजनामा ७ हजार ५ सय जनाले रोजगारी पाउने उर्जा विभागले जनाएको छ। 

अमेरिकी उर्जा विभागले एडमान्स्ड टेक्नोलोजी, भेहिकल म्यानुफ्याक्चरिङ लोन प्रोग्रामका लागि २५ अर्ब ऋण लगानी गर्ने बताएको छ। यो कार्यक्रमबाट तेल खपत र कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने लक्ष्य रहेको छ। 

फोर्डले २००९ मा सोही कार्यक्रम अन्तर्गत ५.९० अर्ब डलर ऋण लिएको थियो। उक्त ऋण फोर्डले गत वर्ष चुक्ता गरेको थियो। फोर्डसँगै अर्को अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटर्सले पनि यही कार्यक्रम अन्तर्गत २.५ अर्ब डलर ऋण लिन सहमत भइसकेको छ। 

वाइडेन सरकारले २०३० सम्म पुग्दा अमेरिकामा बिक्री हुने नयाँ सवारीको ५० प्रतिशत विद्युतीय सवारी हुने लक्ष्य लिएको छ। त्यही लक्ष्य भेट्नका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याइरहेको छ। 


प्रकाशित : शुक्रबार, असार ८ २०८०१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend