काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को जेठमा ९ सय १५ वटा विद्युतीय कार नेपाल भित्रिएका छन्। ११ महिनामा कुल ३८ सय ७० विद्युतीय कार नेपाल भित्रिएको हो।
जसमा सबैभन्दा बढी १ सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय कार नेपाल भित्रएका छन्। ११ महिनामा १ सय किलोवाटभन्दा कम क्षमताका ३७ सय ५२ वटा विद्युती कार नेपाल भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ।
यसैगरी १ सय किलोवाटदेखि २ सय किलोवाटसम्मको वर्गमा १ सय ६ वटा, १०१ किलोवाटदेखि २ सय किलोवाट शीर्षकमा १० वटा र २ सयदेखि ३ सय किलोवाट क्षमताका २ वटा विद्युतीय कार नेपाल भित्रिएको हो। यसैगरी २ सय १ देखि ३ सय किलोवाटसम्म २ वटा विद्युतीय कार भित्रिएको हो।
कुन महिना कति?
साउन- २११
भदौ- २०३
असोज- २९१
कात्तिक-३१३
मंसिर-३३५
पुस-३९६
माघ- २६०
फागुन-१८९
चैत-२५३
बैशाख-५०४
जेठ-९१५