आइतबार, मंसिर ९ गते २०८१    
images
images

चीनले हरित कारका लागि घोषणा गर्‍यो ७२ अर्ब डलरको प्याकेज

images
बिहीबार , असार ७ २०८०
images
images
चीनले हरित कारका लागि घोषणा गर्‍यो ७२ अर्ब डलरको प्याकेज

बुधबार गरेको कर सहुलियतको निरन्तरताको निर्णय चौथो पटक भएको हो। चीन सरकारले २०१४ मा घोषणा गरेको कर सहुलियतको प्याकेज २०१७, २०२० र २०२२ मा निरन्तरता दिने निर्णग गरेको थियो।

images
images

काठमाडौं- विश्वको सबैभन्दा धेरै विद्युतीय कार उत्पादन र बिक्री गर्ने देश चीनले विद्युतीय कारको प्रबद्र्धनका लागि कर छुटसहितको प्याकेज घोषणा गरेको छ। चीनले विद्युतीय सवारीको र अन्य हरित कारका लागि ७२.३ अर्ब अमेरिकी डलर (५ खर्ब २० अर्ब युआन)को प्याकेज घोषणा गरेको हो। 

images
images
images

कारको माग बढाउन, उत्पादकलाई प्रोत्साहन गर्न, कर सहुलियत दिनलगायत प्रयोजनका लागि उक्त रकम ४ वर्षभित्र खर्चिने योजना चीनले ल्याएको हो। संसारको सबैभन्दा ठूलो कार बजार चीनले शून्य प्रदूषण सवारी प्रबद्र्धनमा व्यापक रुपमा लगानी विस्तार गरिरहेको छ। 

images

चीन सरकारले ल्याएको योजनाअनुसार २०२४ र २०२५ मा न्यू इनर्जी सवारी किन्ने हरेकले ३० हजार युआनसम्म कर सहुलियत पाउने छन्। २०२६ र २०२७ मा शून्य प्रदूषण सवारी खरिद गर्ने हरेक चिनियाँले. त्यसको आधार कर सहुलियत पाउने सरकारी योजनामा रहेको चिनियाँ वित्त मन्त्रालयले जनाएको छ।

images

यो योजनाका लागि कुल कर छुटको रकम ५ खर्ब २० अर्ब युआन बराबर रहेको चिनियाँ उपवित्त मन्त्री सु होङसाइले बताएका हुन्।

हाल चीन सरकारले न्यू इनर्जी सवारीमा सबै प्रकारका ब्याट्रीमा आधारित विद्युतीय सवारी, प्लग इन पेट्रोल विद्युतीय हाइब्रिड र हाइड्रोजन फ्युल सेल कारलाई सहुलियत दिने नीति लिएको छ। अहिलेको यो योजना २०२३ को अन्तयसम्म लागु हुनेछ। उल्लेखित नयाँ योजना २०२४ बाट कार्यान्वयनमा आउने गरि चीन सरकारले घोषणा गरेको हो। 

जुन २ मा बसेको चिनियाँ मन्त्रिपरिषदले गरेको निर्णयका आधारमा विभिन्न नीतिहरूलाई अध्ययन गरेर पछिल्लो घोषणा आएको हो। चीनको न्यू इनर्जी सवारीलाई प्रबद्र्धन गर्ने नीति अन्तर्गतको यो कार्यक्रम तय भएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले शून्य प्रदूषण सवारी विस्तार उच्च प्राथमिकता दिएको छ। 

चीनको वायु प्रदूषण न्युनीकरण गर्न शून्य प्रदूषण सवारी उत्पादक स्थानीय कम्पनीहरूलाई समेत सरकारले ठूलै राहत दिँदै आएको छ। कार्बन उत्सर्जनमा चीन विश्वको अग्रणाी स्थानमा छ। त्यसैले पनि प्रदूषणको दर कम गर्न शून्य प्रदूषण सवारीलाई प्राथमिकता दिइरहेको छ। 

यो वर्षको सुरुवातमा चीनले दशक लामो सहुलियत योजना अन्त्य गरेको थियो। टेस्लाले चीनमा विद्युतीय कारको मूल्यमा व्यापक कटौती गरेपछि चिनियाँ उत्पादकहरू थप दबाबमा परेका थिए। त्यसपछि चीन सरकारले विद्युतीय कार खरिदमा दिँदै आएको कर सहुलियतलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

बुधबार गरेको कर सहुलियतको निरन्तरताको निर्णय चौथो पटक भएको हो। चीन सरकारले २०१४ मा घोषणा गरेको कर सहुलियतको प्याकेज २०१७, २०२० र २०२२ मा निरन्तरता दिने निर्णग गरेको थियो।

सरकारले गरेको निर्णयले चीनमा विद्युतीय सवारीको विस्तारमा योगदान गरिरहेको एक अनुसन्धान संस्थाका उपाध्यक्ष सुसान जुले बताएका छन्। ‘सरकारले कर सहुलियतमा दिएको निरन्तरताका कारण २०२४ मा विद्युतीय कारको विस्तार ३० प्रतिशतले हुने अनुमान गरिएको छ,’ सुसानले भनेका छन्, ‘यो वर्षको सुरुवातमा २०२४ मा विद्युतीय सवारीको विस्तार १५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो।’ 

चीनमा अप्रिलको तुलनामा मेमा न्यू इनर्जी सवारीको बिक्री १०.५ प्रतिशतले बढेको चाइना प्यासेन्जर कार एसोसिएसनले जनाएको छ। कोभिडअघिको तुलनामा चीनमा यस्ता कारको बिक्री ६०.९ प्रतिशतले बढेको हो। चीनको वाणिज्य मन्त्रालयले यही महिना न्यू इनर्जी सवारीको बिक्रीका लागि व्यापक क्याम्पेस गरेको थियो।  


प्रकाशित : बिहीबार , असार ७ २०८००६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend