बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

बोर्ड, टान र युएनडिपीबीच सम्झौता, पर्यटन श्रमिकको पक्षमा काम गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
बोर्ड, टान र युएनडिपीबीच सम्झौता, पर्यटन श्रमिकको पक्षमा काम गरिने

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) सँग परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको छ। 

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) सँग परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको छ। 

images
images

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो। सम्झौता अनुसार करिब एक हजार भन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालिन रोजगार प्राप्त गर्नेछन्। 

images
images

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भए पनि श्रमिकलाई राहत दिने बताए। उनले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनु पर्ने अवस्था आएको बताए। उनले कोभिड महामारीले ठूलो पाठ सिकाएको भन्दै उनले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गदै लैजान सकेमा मात्र पर्यटन विकास गर्न सकिने बताए।

images
images

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई थोरै भएपनि हल गर्न मद्यत मिल्ने बताए। पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करिब ७० हजार म्याण्डेज (प्रतिदिनको काम) देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ। यस्ता अन्य कार्यक्रम ल्याउने र पर्यटन श्रमिकलाई राहत दिने सोचमा बोर्ड रहेको छ। 

ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो संकटमा त्यो क्षेत्रको श्रमिकहरुलाई बचाई राख्न सकेमा मात्र पर्यटन क्षेत्र अगाडी बढाउन सकिने बताए।  

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ। विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याइने  परियोजनाको लक्ष्य छ। यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ। 

 


प्रकाशित : आइतबार, भदौ २० २०७८१४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend