शनिबार, असोज १३ गते २०८०    
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

रिट्ठेपानी डाँडा काट्ने काम सकिए ६ महिनाभित्र परीक्षण उडान

images
रिट्ठेपानी डाँडा काट्ने काम सकिए ६ महिनाभित्र परीक्षण उडान
images

काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रिट्ठेपानी डाँडा काट्ने विषयका कारण ढिला हुने भएको छ। विमानस्थल निर्माणमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।

images

चिनियाँ निर्माण कम्पनीले २०२१ को जुलाई भित्रै विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य सहित काम गरिरहेको थियो। तर कोरोनाका कारण काम रोकिएको थियो। अहिले विमानस्थल निर्माणको काम द्रुत गतिममा भइरहेको छ। विमानस्थल निर्माणका लागि विदेशबाट ल्याउनु पर्ने समय उपकरण पनि साइटमा नै आइसकेको छ।

images

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको बताए। उनले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताएका छन्।

images

तर रिट्ठेपानी डाँडा काट्ने काम  नभएको अवस्थामा पनि विमानस्थल सञ्चालन नहुने जानकारी दिए। एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने क्षेत्री बताउँछन्। विमानस्थल निर्माणमा २३ अर्ब रुपैयाँ खर्च भएको छ। 
यो विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदारले गर्दै आएको छ। पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ।

images

सन् २०११ मा आयोजना शुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भई सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्य सहित काम थलानी भएको थियो। तर कोरोनाका कारण काममा ढिलाई भएको थियो।


यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ। आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो।

अहिले विमानस्थल भित्र बन्ने  टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माणसँगै फिनिसिङ तथा फर्निसिङको काम बाँकी रहेको छ।

विमानस्थल निर्माणमा अहिले ढल र पानीको पाइपहरू फिटिङको काम पनि भइरहेको छ।  विमानस्थलको निर्माणमा ८० प्रतिशत काम पूरा भएको भइसकेको छ। विमानस्थल आयोजना कार्यालयका अनुसार रन–वे निर्माण, जहाज पार्किङ–वेलगायत १४ वटै भवनको निर्माण भइरहेको छ।

‘पोखरा इन्टरनेशनल एयरपोर्टको स्टाटस सिभिल एब्रेशनको पार्टबाट फिजिकल एन्फास्ट्रक्चर डेभलपमेण्टमा झन्डै ८० प्रतिशत भन्दा धेरै सकिसकेका छौँ, फाइनान्सियल ७० प्रतिशत बढी काम सकिसकेको छ, २० प्रतिशत अरुकामहरु जति नै ढिलो गरेपनि ६ महिनामा सकिन्छ, एउटा रिट्ठेपानी डाँडा, ल्याण्डफिल्ड साइटको कामले अड्काएको छ,’ क्षेत्रीले भने, ‘ एक वर्षमा सञ्चालनमा आउँछ, मेरो कार्यकालमा भैरहवा विमानस्थललाई सञ्चालन योग्य बनाउँछु, पोखरालाई एउटा ट्रयाकमा ल्याउँछु, इयूले ब्ल्याक लिस्टमा राखेको थियो अब हट्नेछौँ, त्यही अनुसार काम गरिरहेका छौँ।’

 

images

प्रकाशित : शनिबार, कात्तिक २० २०७८०७:२३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ