सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

यती एयरले लगानीकर्ता भित्र्याउँदै, तीन जहाज थप्ने

images
images
images
यती एयरले लगानीकर्ता भित्र्याउँदै, तीन जहाज थप्ने

एयरलाइन्स, हेलिकप्टर, होटल, रिसोर्ट, ट्रेकिङ तथा एक्सपेडिसनका क्षेत्रमा लगानी गरेको यती समूहले यतीसँगै तारा एयर सञ्चालन गरिरहेको छ। यतीले तार एयरलाई अलग गरेर यतीमा मात्र नयाँ लगानीकर्ता भित्र्याउन लागेको हो। 

images
images

काठमाडौं- निजी हवाई सेवाप्रदायक कम्पनी यती एयरले सेवा विस्तारका लागि लगानीकर्ता भित्र्याउने तयारी गरेको छ। लगानीकर्ता भित्र्याउनेगरी प्रारम्भिक सम्झौतासमेत गरिसकेको छ।

images
images
images

यतीले एउटा इन्स्योरेन्स कम्पनी सञ्चालकलाई लगानीकर्ताका रूपमा भित्र्याउने तयारी गरेको हो।

images

यतीले बहुमत सेयर आफूसँग राखेर ४९ प्रतिशतसम्म सेयर वितरण गर्दै लगानीकर्ता भित्र्याउने तयारी गरेको हो। यती एयरले लगानीकर्ता भित्र्याउँदै तीनवटा एटीआर ७२ जहाज ल्याउन लागेको हो। यतीले अहिले ५ वटा जहाजमार्फत उडान गरिरहेको छ। पोखरा दुर्घटना अगाडिसम्म यतीसँग ६ वटा एटीआर ७२ जहाज थियो। 

images

नयाँ लगानीकर्तासँग अब यतीले रकमको विषयमा सम्झौता गरेर जहाज ल्याउने तयारीसमेत गरेको छ। यती एयरले अहिले आन्तरिक उडानतर्फ पोखरा, नेपालगञ्ज, भेरहवा, विराटनगर, भद्रपुर र जनकपुरमा उडान गरिरहेको छ। 

images
images

यतीमा लगानी विस्तारसँगै तारा एयरलाई यतीबाट अलगसमेत गर्ने तयारी सुरु भएको छ। तारा एयरले स्टलमा उडान गरिरहेको छ।

लगानी विस्तार यतीमा हुने भएपछि तारा एयरलाई अलग गर्न लागेको हो। तारा एयर अहिले यतीको भगिनी संस्थाको रुपमा सञ्चालन भइरहेको छ।

यती आन्तरिक उडानमा दोस्रो बजार हिस्सा ओगट्न सफल कम्पनी हो। कोरोना र कोरोनापछि आएको आर्थिक संकटमा यती एयरसमेत प्रभावित भएको छ।

बजारलाई प्रतिस्पर्धी र सेवाको गुणस्तरलाई अझ राम्रो बनाउन नयाँ लगानीकर्ता भित्र्याउन लागिएको यती एयर स्रोतको दाबी छ। 

एयरलाइन्स, हेलिकप्टर, होटल, रिसोर्ट, ट्रेकिङ तथा एक्सपेडिसनका क्षेत्रमा लगानी गरेको यती समूहले यतीसँगै तारा एयर सञ्चालन गरिरहेको छ। यतीले तार एयरलाई अलग गरेर यतीमा मात्र नयाँ लगानीकर्ता भित्र्याउन लागेको हो। 

एयरलाइन्स सञ्चालनमा लामो अनुभव भएपनि यतीले नयाँ साझेदरको आवश्यकता महसुस गरेको छ। 'लगानी तथा अनुभव नभएर होइन अझ राम्रो व्यापार तथा सेवाका लागि साझेदार ल्याउन लागिएको हो' स्रोतले भन्यो। 

नयाँ साझेदार ल्याएर एयरलाइन्सको थप विस्तारमा जोड दिने र नेपालकै ठूलो र उत्कृष्ट सेवाप्रदायक बनाउने कम्पनीको लक्ष्य रहेको छ। 

images

प्रकाशित : बुधबार, असार ६ २०८००३:३७

प्रतिक्रिया दिनुहोस