सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

एमएडब्लूले पनि सुरु गर्‍यो नेपालमै यामाहाका मोटरसाइकल एसेम्बल

गतसाता साइत गर्न पूजाआजा, पहिलो चरणमा एफजेड भीथ्री एसेम्ब्ली 

images
images
images
एमएडब्लूले पनि सुरु गर्‍यो नेपालमै यामाहाका मोटरसाइकल एसेम्बल

एमएडब्लू अटो प्रालिले पहिलोपटक एक महिनाअघि ६ घण्टा लगाएर एउटा मोटरसाइकलको परीक्षण एसेम्बल गरेको थियो।

images
images

काठमाडौं- एमएडब्लू इन्टरप्राइजेजले नेपालमै मोटरसाइकल एसेम्बल सुरु गरेको छ। इन्टरप्राइजेजले मोटरसाइकल तथा स्कुटर उत्पादनका लागि दुई वर्षअघि एमएडब्लू अटो प्रालि कम्पनी दर्ता गरेको थियो।

images
images
images

बजाज, टीभीएस, रोयल इनफिल्डपछि नेपालमा चौथो एसेम्बल उद्योग सञ्चालनमा ल्याउने कम्पनी यामाहा बनेको छ। यामाहाले पहिलो चरणमा नेपालमा राम्रो बजार लिइरहेको एफजेड भीथ्री एसेम्बल सुरु गरेको हो।

images

एमएडब्लू अटो प्रालिले पहिलोपटक एक महिनाअघि ६ घण्टा लगाएर एउटा मोटरसाइकलको परीक्षण एसेम्बल गरेको थियो। उक्त परीक्षण सफल भएपछि अहिले दैनिक सीमित संख्यामा एसेम्बल भइरहेको कम्पनी स्रोतले जनाएको छ। 

images

एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी गर्नेगरी एमएडब्लू अटो प्रालि दर्ता गरेको थियो। सरकारले आर्थिक वर्ष २०७८/७९ मा ल्याएको प्रतिस्थापन विधेयकमार्फत एसेम्बल उद्योगलाई भारी छुट दिएपछि नेपालमा दुईपांग्रे सवारी आयातकर्ताहरूलाई एसेम्बल उद्योग स्थापना गर्न दबाब बढेको थियो। 

images
images

त्यसलगत्तै एमएडब्लू इन्टरप्राइजेजले एसेम्बल उद्योग स्थापना गर्नेगरी नयाँ कम्पनी बनाएर उद्योग विभागमा २०७८ असोज १० मा दर्ता गराएको थियो। जापानी कम्पनी भएकाले सबै प्रक्रिया पूरा गरेर एसेम्बलको तयारी गर्न एमएडब्लूलाई धेरै समय लागेको हो। 

एमएडब्लू अटोले सुरुवाती चरणमा भैरहवामा स्थापना भएको प्लान्टबाट यामाहा एफजेड भीथ्री मोटरसाइकलको एसेम्बल सुरु गरेको हो। एसेम्बल प्लान्टको औपचारिक सुरुवात हुन भने अझै एक महिना लाग्ने कम्पनीसम्बद्ध स्रोतले जनाएको छ। 

यद्यपी एमएडब्लू इन्टरप्राइजेजका एमडी विष्णुकुमार अग्रवालसहितको टिमले गएको साता (बुधबार) साइत जुराएर पूजाआजा गरेका थिए। कम्पनीले यसैलाई औपचारिक साइत मानेर सीमित संख्यामा एफजेड भीथ्रीको एसेम्बल गरिरहेको छ। अन्य मोडलको उत्पादन भने क्रमिक रुपमा गर्दै जाने कम्पनीले जनाएको छ। 

एमएडब्लू अटो प्रालिले स्थापना गरेको एसेम्बल उद्योगबाट १ सय ४४ जनालाई रोजगारी दिने उद्योग दर्तामा उल्लेख छ। एसेम्बल उद्योगमा शतप्रतिशत स्वदेशी लगानी गरिएको छ। 

नयाँ व्यवस्थासँगै एसेम्बलका लागि आयात हुने मोटरसाइकल तथा स्कुटरको २०७८ मा जनार्दन शर्माको प्रतिस्थापनपछि सीकेडीको आयातमा २० प्रतिशत मात्र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको थियो अर्थात अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था भयो। तर त्यसअघि सीकेडीमा एक तह (२५ प्रतिशत) छुट अर्थात ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो।

बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनीले हुलास अटो क्राफ्टमार्फत विगत ५ वर्षदेखि मोटरसाइकल एसेम्बल गर्दै आएको छ। त्यस्तै टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जगदम्बा इन्जिनियरिङमार्फत ३ वर्षयता एसेम्बल गर्दै आएको छ। त्यस्तै अघिल्लो महिनादेखि रोयल इनफिल्डका मोटरसाइकलसमेत नेपालमै एसेम्बल हुन थालेको छ। 

त्रिवेणी समूहअन्तर्गतको टीजी अटो प्रालिले रोयल इनफिल्डका क्लासिक ३५० लगायत मोडल एसेम्बल सुरु गरेको हो। त्रिवेणीपछि एमएडब्लू अटोले यामाहाका मोटरसाइकल एसेम्बल सुरु गरेको हो। 

सरकारले २०७८/७९ को बजेटमार्फत एसेम्बलका लागि ल्याइने मोटरसाइकलमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो, जुन अहिले पनि कायमै छ। सीकेडीको अन्तःशुल्क घटाउनुका साथै सोही आवमा सरकारले तयारी मोटरसाइकलमा लाग्ने कर बढाइएको थियो। यही कारण मोटरसाइकल आयात गरेर बिक्री गर्ने कम्पनीहरू नेपालमै एसेम्बल गर्नुपर्ने दबाबमा पर्दै आएका छन्। 

होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालि पनि होन्डाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्ने अन्तिम तयारीमा रहेको छ। त्यस्तै हिरो मोटोकर्पको आधिकारिक बिक्रेता एनजीएमले पनि बारामा एसेम्लब प्लान्टको तयारी गरेको छ। तर प्रिन्सिपल कम्पनी हिरो मोटोकर्प र आधिकारिक बिक्रेता एमजीएमबीच विवाद हुँदा प्रक्रिया रोकिएको छ। 

यसैगरि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइलले पनि एसेम्बल गर्ने तयारीमा रहेको छ। अन्य केही विद्युतीय दुईपांग्रे सवारी ब्रान्डपनि नेपालमै एसेम्बल गरिरहेका छन्। दुईपांग्रे सवारी धमाधन एसेम्बल हुन थाल्दा चार पांग्रे सवारी एसेम्बल गर्न उद्योग दर्ता भएपनि हालसम्म कुनैपनि ब्रान्ड एसेम्बल सुरु भएको छैन। 

डेढ अर्ब लगानीमा एमएडब्लूले नेपालमै यामाहा मोटरसाइकल बनाउने

images

प्रकाशित : बिहीबार , असार ७ २०८००१:१६

प्रतिक्रिया दिनुहोस