मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

बङ्गुरपालनमा रमाउँदै सञ्चारकर्मी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
images
images
बङ्गुरपालनमा रमाउँदै सञ्चारकर्मी
images
images

तनहुँ- बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लागेकी छिन्।

images
images
images

बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित भएकी हुन्। विगत तीन वर्षअघि दुई-तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उनले बताइन्। तीन वटा माउले एक पटकमा १५/१६ का दरले पाठापाठी दिँदा वर्षमा झण्डै ६ लाख रुपैयाँ बराबर आम्दानी लिन सकिने उनले बताइन्। 

आफूलाई फुर्सद नभएको समयमा पति विजयले रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उनले बताइन्। बङ्गुर छ/छ महिनामा वर्षमा दुई पटक ब्याउँछ। हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीको लागि तयारी अवस्थामा पुगेका छन्। '४५  दिन पुगेपछि प्रतिपाठापाठी ६ हजार ५ सय रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ' उनले भनिन्। बिक्रीका लागि बजारको कुनै समस्या नभएको र मागअनुरुपको पुर्‍याउनसमेत नसकिएको उनले बताइन्। 

images

अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो, धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उनले बताइन्। बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागि १५ हजार रुपैयाँ अनुदान पाएको विक बताउँछिन्।

images

सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बताए। बङ्गुरका लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उनीहरूको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend