शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एनसेलले ल्यायो आकर्षक तीन अनलिमिटेड भ्वाइस प्याक

images
images
images
एनसेलले ल्यायो आकर्षक तीन अनलिमिटेड भ्वाइस प्याक

आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले १ दिने अल-नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन-नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासीमा रहेको अन-नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन्।

images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आकर्षक तीन अनलिमिटेड भ्वाइस प्याकहरु ल्याएको छ।

images
images
images

एनसेलका सबै ग्राहकले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल-नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। 

images

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहीबारबाट सञ्चालनमा आएका हुन्। आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले १ दिने अल-नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन-नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासीमा रहेको अन-नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन्।

images

१ दिने अल-नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रूपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन्।

images
images

ग्राहकहरुले सजिलै *१७११८*१*५# डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी *१७११८*३*४# डायल गरी एनसेलका अन्य नम्बरहरुमा २४ घण्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन-नेट अनलिमिटेड टकटाइम करसहित मात्र ३० रूपैयाँमा सुचारु गर्न सक्छन्। 

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन-नेट अनलिमिटेड प्याक लिन सक्छन्। यो प्याकको करसहित १ सय ५० रूपैयाँ पर्दछ। ग्राहकले *१७११८*४*३# डायल गरी यो प्याक सुचारु गर्न सक्छन्।

images

प्रकाशित : आइतबार, असार ३ २०८०१०:३८

प्रतिक्रिया दिनुहोस